"सरकारी विमानलाई मुसाको धक्का"

१९ भदौ,काठमाण्डौ

नेपाल वायु सेवा निगमको विमानमा मुसा प्रवेश गरेपछि बैंकक उड्न तयार भएको बोइङका उडान रद्द भएको छ । 
एक सय ३३ यात्रु बोकेर ब्याङ्कक उड्न ठीक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७ सय ५७ नाइन एनएसीबी जहाजमा एउटा मुसा विहान ९ बजे पसेपछि उडान रद्द गरेर ग्राउण्डेड गरेको पाईलट तथा क्याप्टेन रवीन्द्रकुमार शेरचनले जानकारी दिनुभयो ।

 जहाजमा पसेको मुसा डेढ घण्टा खोज्दासमेत नभेट्टिएपछि ग्राउन्डेड गरिएको छ । 
निगमको हाल साचालनमा रहेको एउटै मात्र जहाज ग्राउन्डेड भएपछि अब अन्तर्राष्ट्रिय उडानका लागि कुनै विमान छैन । निगमको अर्काे बोइङ बनाउन तीन हप्तका लागि इजरायल पुगेको छ । विमान ब्याङ्ककबाट फर्किएपछि आजै साँझ मलेसिया जाँदै थियो । 

Related

स्थानिय 5860310302691968698

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item