सिन्धुली कारागारमा क्षमता भन्दा चारगुणा वढी वन्दी हुदा समस्या

१९ भदौ,लोकहरी आचार्य , सिन्धुली

क्षमता भन्दा बढी कैदी बन्दी राखिएकाले सिन्धुली कारागारमा कैदीबन्दीहरुलाई आफ्नो  दैनिक कि्रयाकलाप संचालन गर्न अप्ठ्यारो भएको छ । २५ जना क्षमताको कारागारमा ८६ जना कैदीबन्दी राखिएकाले उनीहरुलाई दैनिक कि्रयाकलापमा अप्ठ्यारो भएको उनीहरुको गुनासो छ ।

 क्षमता भन्दा झण्डै चार गुण कैदीबन्दी राखिएकाले उनीहरुको जेल बसाई अत्यन्त कष्ठपूर्ण रहेको छ । 
एउटै कोठामा १२ जना महिला कैदीबन्दी बस्ने गरेको कैदीबन्दी मीना भारतीले बताउनु भयो । महिला कैदीबन्दी बस्ने गरेको कोठा गोदामको रुपमा समेत प्रयोग हुने भएकाले राती सुत्न निक्कै अप्ठ्यारो हुने उहाँले बताउनु भयो । त्यस्तै महिला कैदी बन्दीहरुले प्रयोग गर्ने गरेको भान्छाकोठामा पानी चुहिने गरेकाले अझै समस्या हुने उहाँले बताउनु भयो ।
कारागार प्रमुख कुलनाथ पोखरेलले पछिल्लो समयमा अपराधिक घटनाहरु बढन थाले पछि कैदीबन्दीहरु पनि बढिरहेको बताउनु भयो । उहाँका अनुसार केही कैदीबन्दीहरुले सीपमूलक काम समेत गर्ने गरेको बताउनु भयो । उनीहरुलाई सो काम गर्न समेत अप्ठ्यारो भइरहेको कारागार प्रमुख पोखरेलले बताउनु भयो ।
कैदीबन्दी बढ्दै गए पछि उनीहरुलाई अन्यन्त्र सरुवा गर्न कारागार व्यवस्था विभाग सँग माग गरिएको प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले बताउनु भयो । कारागार पुरानो भएकाले त्यसको मर्मतका लागि समेत आफूले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी ज्ञवालीको भनाई छ ।

Related

समाज दर्पण 4914077768154818543

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item