के जवाफ छ इन्जार्ज ज्यू ?


 - केएम.साथी 

 को हुन् राजन दाहाल ?  किन उनि हाउँगुजी ?  शिर्षकमा लेखिएको लेख पढेँ साह्रै खुशि लाग्यो । जुन हिम्मत पत्रकार कृष्णहरि जीले गर्नु भयो उहाँ धन्यवादको पात्र हुनु हुन्छ । म माओवादी पार्टीमा आवद्ध भएको २०५१ सालवाट हो । त्यस दिन देखि निरंतर कृयाशिल छु । युद्धमा कठिन भन्दा कठिन दिनहरु सहज रुपमा पार गरेर आयौँ । रहँदा वस्दा भएका तमाम आन्तरिक वहश र विवादलाई हल गरेर हरेक राजनीतिक जीम्मेवारी पुरा गर्दै गयौँ । त्यो अवस्थावाट अहिले सम्म आउँदा पनि कहिल्यै तमाम पार्टी पंक्तिका कामरेडहरुका विचमा विवाद भएन भए पनि कहिल्यै सेल्टर छाडेर जानु परेन । हरेक पार्टी कार्यकर्ताका विचमा कमरेडली भवना थियो । तर जव राजन दाहाल नाम गरेका नेता हाम्रो जिल्लामा आए त्यस दिन देखि हामी कार्यकर्ता विस्तारै पाखा लाग्दै गयौँ । हाम्रा पारिवारिक समस्या व्यक्तिगत भए । पार्टीको मेष राजन दाहालका वारीपरी घुम्नेका विचमा सिमित रह्यो । हामी जस्ता कार्यकर्ता पाखा लाग्दै गयौँ ।

 राजन कै नेतृत्वमा रहेको आर्थिक समितिको कुनै हिसाव किताव हँुदैन । कार्यकर्तालाई परेको वेला को आफ्नो पछाडी लाग्छ उसलाई उनको तजवीजमा दिईन्छ तर अरु कसैलाई दिईन्न । हिजो वाहुवल वलिया हुन्जेल पार्टीमा खटियो । आफ्नो निम्ती काम गर्ने वेलामा युद्ध लडियो । यस वेलामा आएर घरन घाटको अवस्थामा पग्यौँ । हो हामीले उनको यो कार्यशैलिको विरुद्धमा चर्को आवाज पनि नउठाएका हैनौँ तर यो केसैले सुनेको अवस्था छैन । तर पत्रकार कृष्णहरि घिमिरे ले एउटा हिम्मत गर्नु भयो । जुन हामीले गर्न सकेका थिएनौँ । त्यस लेखमा तपाईले लेखेको कुरामा सतप्रतिसत सत्यता छ । म एउटा आश्चर्यमा छु तपाई फरक विचार राख्ने पत्रकार कृष्णहरि घिमिरेलाई यी कुरा कसरी थाहा भयो । जुन हामीले वोल्न सकेका थिएनौँ त्यो उहाँले लेख्ने हिम्मत गर्नु भयो । मैले जतीवेला त्यो लेख पढँे मन मनै सोचे के हामी सारै दयनिय अवस्थामा थियौँ के हामी युद्ध लडेर आएका कार्यकर्ता राजन दाहालको अगाडी निरिह भयौँ भन्ने लाग्यो । वास्तवमा एउटा कम्युनिष्ट पार्टी अरुलाई आर्थिक पारदर्शिताको पाठ पढाउँछ । 

तर त्यही पार्टी जसमा आर्थिक पक्ष हेर्ने राजन दाहालले कहिल्यै पारदर्शिता देखाउनु पर्दैन । उनले यो जिम्मेवारी लिए देखी कहिलै हिसाव किताव देखाएनन् । जस्ले हिसाव किताव खोजेन उनको अहिले पनि पि्रय छन् । जस्ले खाज्यो त्यो राजनको सत्रुको रुपमा चिनिन फगेको छ । अहिले हरेक ठेक्कापट्टाको टेण्डर हुँदा राजनकै हस्तक्षेप हुन्छ । कुनै कम्पनीले काम दिँदा होस् वा कुतैवाट पैसा आउँछ भने पनि उनि नै पहिला पाखुरा वजार पुगिहाल्छन् । राजनको मासिक आम्दानीको श्रोत मासिक रुपमा निरंतर आउने वाटो वनाएको सत्यहो । त्यसले पनि नपुगेर श्रीमती दिपालाई उपभोक्ता समितिको अध्यक्ष समेत वनाएर खाएका छन् । कृष्णहरि जी तपाईलाई जिल्ला प्रशासनमा भएको छलफलमा आत्म सर्मपण गरेको विषयलाई खुवै उछालेर आई लागेको भनेको सुनेर दुःख लागेको छ । तपाई अरु पर जानु पर्दैन जिल्ला इन्र्चाज वसन्त ले जारी गरेको विज्ञप्तीमै खोज्नु भए पुग्छ । त्यहाँ उनले गढी चौकी आक्रमण गरेको अभियोग २०५३ माघ १ गते गिरफ्तार गरेको जनाउँदै विभिन्न कारागारमा २ वर्ष कैद भुक्तान गरेर २०५५ साल चैत्र २७ गते उनि छुटे ।

 त्यस पछी उनि एकै चोटी २०५९ कार्तिक देखि उनि क्षेत्रियो व्युरो सदस्य भए । सोध्नोस् कृष्णहरि जि राजन दाहाललाई ३ वर्ष ८ महिना उनि कहाँ हराए उनि फेरी म पार्टी काममै रहेको अवस्थामा गिरफ्तार भएको भनि रहेका छन् । मलाई ताजै याद छ । हामी अमले गाविसको माथिल्लो गाउँमा थियो गंगा श्रेष्ठ वन्दना सुवेदी सहित धेरै नेता कार्यकर्ता त्यही आसपासमा हुनु हुन्थ्यो । २०५३ वैशाख २४ गते गंगा श्रेष्ठ सहितका नेता कार्यकर्ता अमले गाविसको सिम्ले खोलावाट गिरफ्तार भए । त्यहाँवाट राजन दाहाल एकाएक घरजान्छु भनेर हिँडे त्यसपछी पार्टी सम्पर्कमा आएनन् एकाएक उनि काठमाण्डौमा गिरफ्तार भएको सत्य हो । उनि पार्टी सम्पर्कवाट वाहिर कहाँ गए ? सोध्नुस् कृष्णहरि जी, अझ अगाढी हेराँै गँगा श्रेष्ठ सहित हामी विरगँज कारागारमा थियाँै । राजन एकाएक छुट्ने भए । हामी सवैले उनलाई क्रान्तिमा लाग्न र पार्टी सम्पर्कमा जानका लागि सुभकामना सहित विदाई गर् यौँ ।

 विरगंजमा फेरी प्रहरीले उहाँलाई गिरफ्तार गरेर लग्यो । कहाँ लग्यो थाहा भएन । त्यस वखत किलो सेराटु अप्रेसन माओवादीका विरुद्धमा चलेको थियो । माओवादीको आराप लागेर कोही गिरफ्तार भए पछी अदालती प्रकृयतावाट छुटे पनि प्रमुख जिल्ला अधिकारीको तजविजमा शान्ति सुरक्षा वा हातहतियार खरखजना मुद्धा लगाएर निरंतर जेलमै राख्ने गरिन्थ्यो छुट्नै पर्ने भयो भने आत्मसर्मपण गुर्नु वाहेकको विकल्प थियो राजनजी फेरी तपाईले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विक्रम िसं थापा डिएसपी हुँदा म गिरफ्तार भएको हो भन्नु भयो त्यो सत्यहो छुट्दा त नविन अधिकारी नै आई सकेका थिए याद छ तपाईलाई हामी जेलमा वस्दा तपाईले नै नविन अधिकारी मेरो आफन्त हुन् भनेको विसे्रको हो ! हामी पछी छुटेर पार्टी सम्पर्कमा पुग्दा तापाईको वारेमा सोधखोज गर्दा तपाईले आत्मसर्मपण गरेर गएको वताईदा कस्ले गर् यो सहयोग भन्दा हामील्ो थाहा पाएका थियोै । 

तर वाहाँहरु अहिले पनि हाम्रो पार्टीमै हुनु हुन्छ समय आयो भने हामी वाहाँहरुलाई तपाई कहाँ जानु भयो के गर्नु भयो भन्ने सार्वजनीक रुपमा वकाउन सक्छौँ । हाम्रा पार्टी इन्चार्जले राजनजीको क्रान्तीकारी स्पीरिट देखेर आत्तिएका भन्ने आरोप कृष्णहरि घिमिरेलाई लगाउनु भयो । तपाईलाई थाहा छ इन्चार्ज ज्यू तापाईहरु ३५ जना राज्य समिति सदस्य हुनु हुन्थ्यो । वैठकमा कुनैपनि हालतमा राजन दाहाल जस्तो अराजक व्यक्तीलाई सिन्धुली लैजान हुन्न भनेर २५ जना राज्य समिति सदस्यले विरुद्धम मत राख्ने मध्यमा तापाई हुनुहन्थ्यो की हुनहुन्नथ्यो । जस्ले हिजो ठिकैछ विगतमा गरेको कमजोरी सच्याउनु पर्छ भन्दै काखी च्यापेर ल्याएको थिए आज तिनै व्यक्ती राजन दाहाल विरोधी किन भए जवाफ छ इन्चार्ज ज्यू ।

(यो लेख मेलवाट प्राप्त भएको हो ।)

यो सम्वन्धी लेखको लागी  http://www.mysindhulidarpan.com/2011/09/article.html यहाँ जानुहोस्

Related

विचाररसाहित्य 944868554631172420

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item