अवको तीन महिना गाली नगर्नुहोला : प्रचण्ड

१९ भदौ,काठमाण्डौ

एकीकृत माओवजादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको तीन महिना नेपाली राजनीतिक दल नेता बुद्विजीवि तथा सर्वसाधारण जनताको लागि अग्निपरीक्षाको समय भएको बताउनु भएको छ । दलहरुले एकअर्काप्रतिको आरोपप्रत्यारोप छोडुनपर्ने भन्दै  नागरिकले नेताहरुप्रतिको आलोचना गर्न छोडेर शान्ति र संविधानको लागि एक जुट भएर तेस्रो पटक थपिएको तीन महिनाको संविधानसभाको म्याद खेर जानबाट बचाउनुपर्नेमा प्रचण्डले जोड दिनुभयो । 

एबीसी टेलिभिजनले आफ्नो प्रसारणको चौथोवर्ष प्रबेशको अवसरमा आज आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले हरेक पार्टीभित्र बिभिन्न विवाद कायमै रहेको बताउँदै आफ्नो पार्टीभित्रको विवादकाबीच शान्ति प्रकि्रयाको काम टुङ्ग्याउन आफू लागि परेको बताउनुभयो । अवको तीन महिना नेताहरुलाई गाली नगर्न आग्रह गर्दै उहाँले संक्रमणकाललाई सफल्तापूर्वक टुङ्ग्याउने सबै नेपालीको दायित्व हो भन्नुभयो । 
यसैबीच सोही कार्यक्रम नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान िसंहले बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारले शान्ति प्रकि्रयाको काम पहिले टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

दलहरुबीच लडाकु समायोजनको मोडालिटी संख्या मापदण्ड राहत प्याकेजको बारेमा समझदारी भए मात्र समायोजनको काम अघि बढाउन सजिलो हुने महान्त्री सिहको भनाइ छ । पछिल्लो समयमा देका बिभिन्न स्थानमा साचालित उद्योगहरु बन्दै हुँदै गइरहेको भन्दै उहाँले बन्दहुनेक्रममा रहेका उद्योगलाई जोगाउन र नयाँ सम्भावनाहरुको खोजीगर्न तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेकपा एमालेका उपाध्यक्ष बामदेभ गौतमले प्रधानमन्त्री बाबुराम भट्टराईको मात्रै भन्दा पनि समग्र माओवादीको लागि अहिले बनेको सरकार अवसर रहेको बताउनुभयो । शान्ति र संविधान टुङ्गो लगाउन देश तथा देशबाहिरबाट दवाव आइरहेकोले शान्ति र संविधानको टुङ्गो अहिलेको सरकारले नलगाएर अरु सरकारले लगाउन नसक्ने धारणा राख्नु भयो । केही दलहरुले माओवादी र मोर्चाको गठबन्धन अपबित्र भएको बताउँदै आएको भए पनि आफूले त्यो भनाइमा कुनै तुक नभेटाएको उपाध्यक्ष गौतमको भनाइ छ ।

Related

स्थानिय 2902459939109947296

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item