दलित भएकै कारण पानी भर्नमा रोक

http://sindhulidarpan.blogspot.com/2011/09/blog-post_05.html
१९ भदौ,सुरेश विडारी,महोत्तरी

महोत्तरीको सरपल्लो-३ खुसनगरीमा दलितहरुलाई सार्वजनिक इनार तथा धारामा पानी भर्नमा रोक लगाइने गरेको छ । बस्तीमा चालीस घर रहेको खत्बेदलित लाई सोही गाँउका ठूला जात भनिने यादव र साहुजी समुदायले पानी भर्ने क्रममा कुटपिट गालीगलौज र भाँडाकुँडा तोडफोड गरिदिने गरेको स्थानीय दलतियादेवी खत्वे मण्डलले दुखेसो गर्नुभयो । उनीहरु आपुनो गाँउको खानेपानी समस्याबारे दुःखेसो पोख्दै सदरमुकाम जलेश्वरमा पुगेका थिए ।
उनीहरुले आफ्नो गाँउको स्थलगत निरीक्षण गरी समस्या निराकरण गरिदिन प्रहरी प्रशासन र अधिकारकर्मीहरुलाई अनुरोध समेत गरेका छन् । खुसनगरीमा खानेपानीकै विवादका कारण केही दिन अगाडि यादव र साहुजीले मण्डल समुदायका दुईजनालाई मरणासन्न हुने गरी कुटेको दलतियादेवीले बताउनुभयो । सो गाँउमा कार्यरत विभिन्न गैरसरकारी संस्था र गाविसको बजेटले समेत ४० घर दलितको समस्यालाई नहेरेको उनीहरुले आरोप लगाएका छन् ।
गौरिबासबाट २ जना काठ तस्कर पक्राउ
सशस्त्र वन सुरक्षा शाखा मास्थान महोत्तरीले आज बिहान २ जना काठ तस्करलाई काठ सहित पक्राउ गरेको छ । सुरक्षा शाखाका जमदार असनी चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले आज बिहान साँढे दुई बजेको समयमा महोत्तरी जिल्ला गौरिबास गाविस वडा नं १ बाट दुइजना तस्करलाई पक्रेकको हो ।
पक्राउ पर्नेमा धनुषा जिल्ला तुलसी गाविस -४ का दान बहादुर सुनुवार र दिनेश माझी रहेका छन् । पक्राउ परेका उनीहरुलाई अनुन्धानको शिलशिलामा सशस्त्र वन सुरक्षा शाखामा राखिएको जिल्ला वन कार्यालय महोत्तरलिे जनाएको छ ।
अन्य केही तस्करहरु गस्ती टोलीलाई देखेपछि भागन सफल भएकोले उनीहरुको खाजी भैरहेको सशस्त्र वन सुरक्षा शाखा माईस्थानले जनाएको छ । उनीहरुको साथबाट गस्ती टोललिे २ वटा सालका फेन्टा पनि बरामद गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !