युनियनद्धारा स्थापना दिवसको अवसरमा सिन्धुली अस्पतालमा फलफुल वितरण



१९ भदौ,सिन्धुली दर्पण 

नेपाल निजामति कर्मचारी यूनियनको स्थापना ९ औ दिवसको अवसरमा आज सिन्धुली अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल निजामति कर्मचारी यूनियन जिल्ला  कार्य समिति सिन्धुलीले जिल्ला अस्पतालमा रहेका १७ जना विरामीहरुलाई फलफूल वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवाली र स्थानीय विकास अधिकारी ध्रुववहादुर खड्काले संयुक्त रुपमा विरामीहरुलाई फलफूल वितरण गर्नु भएको थियो ।

यूनियनका अध्यक्ष विनोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ज्ञवालीले निजामति कर्मचारीलाई कामका सिलसिलामा आउने विभिन्न धम्की दवावमा नपरी निर्धक्क भएर आफ्नो सेवामा लाग्न आग्रह गर्नु भयो । 

कार्यक्रममा यूनियनका केन्द्रिय सदस्य गोपाल ढकालले कर्मचारीहरु माथि विभिन्न आएका धम्कीका बारेमा जानकारी गराउनु भएको थियो । यूनियनका सचिव गोवन्द कोइरालाले संचालन गरेको कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का सिन्धुली अस्पतालका प्रमुख डा। छविलाल थापामगर संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Related

समाज दर्पण 3835170853141164862

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item