मापदण्ड नपुगेका डिस्को र डान्स बन्द गरिने

http://sindhulidarpan.blogspot.com/2011/09/society_02.html
१६ भदौ,गोकुल बानियाँ,पोखरा
ध्वनि प्रदुषणका कारण होटेलमा बसेका पर्यटक होटेल नै छोडेर जाने स्थिति आएपछि मापदण्ड विपरित सन्चालित रेष्टुरेण्ट र बार बन्द गराउन प्रशाशनलाई गुहारेको पश्चिमााचल होटेल सङ्घका अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो । होटेल व्यवसायीको आग्रहपछि कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले हल्ला गर्ने डान्सबार डिस्कोथेक र रेष्टुराँको नामसहित प्रशासनमा निवेदन दिन व्यवसायीसँग आग्रह गर्नुभएको छ ।
पर्यटकीय नगरी पोखरामा अब विना इजाजत र मापदण्ड पूरा नगरी सन्चालन गरिएका डान्सबार रेष्टुरेण्ट र डिस्कोथेक बन्द गरिने भएको छ । पर्यटन व्यवसायीको समूहले लेकसाइडमा मापदण्ड विपरित सन्चालन गरिएका रेष्टुरेण्ट र डिस्को बारले ध्वनि प्रदुषण गराएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि प्रशासनले मापदण्ड विपरित सन्चालन गरिएका रेष्टुरेण्ट र बारलाई बन्द गर्ने बताएको छ ।

प्रशासनमा नाम उपलब्ध भएपछि सोहि आधारमा रेष्टुरेण्ट बार र डिस्कोथेकको इजाजतपत्र जाँच गरी मापदण्डअनुसार प्रतिष्ठान चलाउन निर्देशन दिने र इजातपत्र लिन नमान्नेलाई बन्द गरिने बताइएको छ । रेष्टुरेण्ट डान्सबारबाट आएको हल्ला खल्लाको कारण पोखराको होटल व्यवसाय नै धरासायी बनेको होटल व्यवसायीको गुनासो छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !