चलचित्र पत्रकार संघको पाँचौ शाखा सर्लाहीमा
http://sindhulidarpan.blogspot.com/2011/11/filmy-journalist.html
|
काठमाण्डौ, मंसिर २
काठमाण्डूमा रहेको चलचित्र पत्रकार संघको केन्द्रिय संस्था निस्क्रिय भईरहेको अवस्थामा संघको पाँचौ शाखा सर्लाहीमा खोलिने भएको छ । विदूर गिरीको अध्यक्षतामा नौ महिना अघि गठन भएको नयाँ कार्यसमितिले गत कात्तिक २० गते पहिलो बैठकमा गरेको निर्णय अनुरुप सर्लाही र महोत्तरीका रंगपत्रकारहरुलाई एक जुट गर्दै शाखा विस्तार गर्न लागेको हो । जुन शाखा विस्तारका लागि उपाध्यक्ष प्रदीप निरौला र कोषाध्यक्ष सुमन दाहाल आज सर्लाही प्रस्थान गरेका छन् ।
 सर्लाही र महोत्तरीका स्थानीय रंगपत्रकारहरुको आग्रहमा संघले शाखा विस्तार गर्ने निर्णय गरेको बताउदै उपाध्यक्ष निरौलाले भोली शनिबार बेलुकी सम्ममा शाखा विस्तारको सवैकाम सक्ने जानकारी दिए । जुन शाखाको अध्यक्षताको जिम्मेवारी सक्रिय रहेका स्थानीय एक रंगपत्रकारलाई दिईने भएको छ ।
यस अघि पोखरा, दाङ, हेटौडा र नारयणघाटमा समेत शाखा विस्तार गरेको संघले शनिबार विहान ११ बजे सर्लाही शाखा विस्तारको कार्यक्रम राखेको छ । शाखा विस्तारको कार्यक्रमपछी उपाध्यक्ष निरौला र कोषाध्यक्ष दाहाल भोलि बेलुकीनै काठमाण्डू फर्कदैछन् । |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !