भट्टराईको सरकारलाई सहमतीय बनाउन सकिदैन:पोखरेल
http://sindhulidarpan.blogspot.com/2011/11/news_1540.html
शरद रेग्मी,मसिर २, दाङ
मुस्ताङ गाडि चढेर मितब्ययी देखिन खोज्ने प्रधानमन्त्री भट्टराईले ले जम्बो मन्त्रिपरीषद गठन गरेर आफ्नो मितब्ययिताको ढोङ छर्लङ्ग पारेको सचिव पोखरेलले उल्लेख गर्नुभयो । उहाँले यस्ता अनावस्यक आश्वासन र ढोङगी काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
दोस्रो ठूलो विपक्षी दल एमालेका सचिव शंकर पोखरेलले बर्तमान सरकारलाई राष्ट्रिय सरकारको रुपमा स्विकार गर्न नसक्ने बताउनु भएको छ । रिपोर्टस्र क्लव नेपाल दाङ शाखाले आज तुलसिपुरमा गरेको साक्षत्कारमा पोखरेलले बाबुराम भट्टराई नेतृत्वको बर्तमान सरकार चार बुँदे सहमितिको जगमा बनेकाले यसलाई सहमतिको सरकारका रुपमा स्विकार गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो 'मधेसी मोर्चासँग भएको चार बुँदे सहमति खारेज नहुदा सम्म्ा राष्ट्रिय सरकारका लागि सहमति हुन सक्दैन ।
उहाँले अहिलेको सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको आरोप लगाउँदै सानातिना कुरामा प्रधानमन्त्री भट्टराई अल्झिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो 'प्रधानमन्त्री भट्टराई लोकपि्रयतामा रमाउने बानि परिसकेका छन् ।' मंसिर-१४ गते पछि बर्तमान सरकारको औचित्य समाप्त हुने समेत चेतावनी दिनुभएको छ ।
मुस्ताङ गाडि चढेर मितब्ययी देखिन खोज्ने प्रधानमन्त्री भट्टराईले ले जम्बो मन्त्रिपरीषद गठन गरेर आफ्नो मितब्ययिताको ढोङ छर्लङ्ग पारेको सचिव पोखरेलले उल्लेख गर्नुभयो । उहाँले यस्ता अनावस्यक आश्वासन र ढोङगी काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । त्यसै गरेर एमाले सचिव पाखरेलले कब्जा घरजग्गा फिर्ता गर्ने काममा सरकार गंभिर बन्न नसकेको भन्दै सहमति कार्यान्वनयमा जोड दिनुभएको छ । उहाँले लडाकुको पुनः वर्गिकरण मंसिर-१४ सम्म सक्नु पर्ने समेत बताउनुभएको छ । माओवादी भित्रको आन्तरिक विवादले सहमतीय वातावरण बनाउने भन्दा पनि बिगार्ने गरेको पोखरेलको आरोप थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !