सहमतिका लागि प्रयास

काठमाडौं, २ मंसिर

आदिवासी जनजाति सभासदहरुले पार्टीको ह्वीपलाई बेवास्ता गर्दै अन्तरिम संविधान संशोधनको बिपक्षमा मतदान गर्ने निर्णयसँगै अन्यौलमा परेका एकीकृत माओवादी र एमालेले सहमतिका लागि आजपनि प्रयास गर्दै छन् ।
सहमतिका लागि प्रमुख दलहरु एकीकृत माओवादी कांग्रेस र एमालेका शीर्ष नेताहरुले आन्तरिक तथा अन्य दलसँग परामर्श गर्ने बुझिएको छ । एमालेका आदिवासी जनजाति सभासदहरु र एमाओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको चर्को बिरोध पछि अलपत्र परेको संशोधन बिधेयक आजै पारित गराउन उनीहरुले पहल गर्ने छन् । 
यस अघि भएका तीन दलका शीर्ष नेताहरुको बैठक बिनाकुनै निष्कर्ष सक्किएका थिए । उनीहरुले आज असन्तुष्टि एमाओवादी र एमालेका जनजाति सभासदसँग छलफल गरेर सहमतिको प्रयास गर्ने छन् । पार्टी ह्वीपको बेवास्ता गर्ने आदिवासी जनजातिका सभासदहरुले संविधान-सभाका बिषयगत समितिका प्रतिवेदनलाई कुनै असर नगर्ने गरेर बिज्ञ समूह बनाउन सहमति दिएपनि बिज्ञ समूहको सल्लाहा पुरै अनुसरण गर्ने बिषयको बिपक्षमा राय दिदै आएक्ा छन् । 

Related

स्थानिय 3348329692148844706

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item