दुधौलीमा लडाकु पुन:वर्गिकरण हुदै
http://sindhulidarpan.blogspot.com/2011/11/maoist-news.html
सिन्धुली दर्पण,मसिर ३
माओवादी लडाकुको पुनःवर्गिकरण आजवाट सिन्धुलीको दुई नम्वर डिभिजन कार्यालय दुधौलीमा सुरु भएको छ । सेना समायोजन विशेष समितीका सदस्य रामानन्द मिश्रले सो जानकारी गराउनु भएको हो । खराव मौषमको कारण पुनःवर्गिकरण गर्ने कार्यप्रभावित हुदै आएको थियो । वुधवार देखी निरन्तर पानी परेको परेकै थियो ।
दुई नम्वर डिभिजन र त्यस अन्र्तगतका सहायक शिविरहरु उदयपुरको वेलसोतमा रहेको विशाल-कुमारमहोत्तरीको खयरमारामा रहेको रामवृक्ष स्मृति र सिन्धुलीकै रानीवास गाविसमा रहेको सोलु-सल्लेरी सहायक शिवीरमा १६सय ५९ लडाकुहरु रहेको विशेष समिती सदस्यले जानकारी दिनुभयो । प्रत्येक दिन दुई सय जनाको दरले माओवादी लडाकुको पुनःवर्गिकरण गरिने सोंच वनाएका मिश्रले वताउनुभयो । आठ दिनमा पुनःवर्गिकरण गर्ने काम सक्ने योजना वनाएका छौं मिश्रको भनाई छ ।
महोत्तरीउदयपुर र सिन्धुलीकै रानिवासवाट माओवादी लडाकुहरुलाई मुख्य शिवीरमा ल्याउन वस काठमाडौंवाटै लिएर आएको सेना समायोजन विशेष समितीका सदस्य मिश्रले वताउनुभयो । हिजो सवै काम गर्न नभ्याइने भएकोले आज विहानै देखी पुनःवर्गिकरणको काम भैरहेको दुइ नम्वर डिभिजनका सह कमाण्डर उत्तमले वताउनुभयो । समायोजनमा जान चाहाने नचाहानै सवैलाई आफ्नो विचरा राख्न खुला गरिएको छ । समायोजन प्रकृयाको चित्त नवुझ्ने साथिले फरक मतराख्न सक्ने जानकारी गराएको सह कमाण्डर उत्तमले वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !