लडाकु समायोजनको काम सुरु(फोटो फिचरसहित)
http://sindhulidarpan.blogspot.com/2011/11/news_1789.html
लोकहरि आचार्य ,मसिर ३,सिन्धुली
माओवादी लडाकुको वर्गिकरण प्रकि्रया आज बाट सिन्धुलीको दुधौलीमा पनि सुरु भएको छ १ हजार ६ सय ६० जना रहेको सो शिविरमा अहिले सम्म ७० जनाको वर्गीकरण कार्य भइसकेको विशेष समिति सचिवालय सदस्य रामानन्द मिश्रले जानकारी दिनु भयो । दुधौली मुख्य डिभिजन अन्तर्गत रहेका अन्य ३ वटा सहायक शिविरहरुबाट भने भोलि मात्रै दुधौली आउने डिभिजन प्रमुख शुकबहादुर रोका मगरले जानकारी दिनु भयो । दुधौली स्थित दोस्रो डिभिजनमा कुनै पनि विवाद नभएको लडाकुहरुले बताएका छन् ।
दुधौली स्थित शिविरमा लडाकुको माथिल्लो दर्जाबाट वर्गीकरणको काम सुरु भएको छ । सो अवसरमा विशेष समिति सचिवालय सदस्य तथा माओवादी डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले नयाँ कामको सुरुवात गर्दा केही आशंका तथा साथै उत्साह समेत रहेको बताउनु भयो । उहाँले विश्व समुदायले नेपाललाई हेरिरहेको बताउनु भयो ।
उहाँले इच्छा अनुसार वर्गिकरण प्रकि्रयामा समायोजजपुनस्र्थापना र स्वेच्छिक अवकाश रोज्न लडाकुहरुलाई आग्रह समेत गर्नु भयो । दैनिक २ सय जनाको दरले समायोजन पुर्नस्थापना र स्वेच्छिक अवकाशको काम गरिने सचिवालय समितिका सदस्य मिश्रले जनाकारी दिनु भयो । दुधौली शिविरमा स्वेच्छिक अवकाश र समयोजनामा जाने करिव बरावरी संख्यामा रहने अनुमान गरिएको छ । र पुर्नस्थापनामा जानेको संख्या कमी रहने बुझिएको छ ।
![]() |
| पुर्न:वर्गिकरणको लागी दुधौली शिविरमा लाईनमा वस्दै लडाकु |
![]() |
| हैन,जागिर खाने कि स्वच्छिक अवकास लिने हो ? |
![]() |
| तपाईको नाम? विशेष समितिले सोधपुछ गदै |
![]() |
छलफल र परामर्शमा लडाकु |
| आजदेखी पुर्न वर्गिकरण काम सुरु भयो,(विशेष समिति सचिवालय सदस्य रामानन्द मिश्र) |







Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !