लडाकु वर्गीकरणःचार ठाउँमा रोकियो

सिन्धुली, मंसिर ३
माओवादी लडाकु रहेका सुर्खेतको छैठो डिभिजन, कैलालीको सातौ डिभिजन, रोल्पाको पाँचौ डिभिजन र सिन्धुलीको दोश्रो डिभिजनमा लडाकुको पुर्नवर्गीकरणको काम रोकिएको छ । सिन्धुलीमा भने लडाकुको परिचय पत्रमा दर्जा  उल्लेख नभएकाले रोकिएको दुधौलीवाट पत्रकार लोकहरी आचार्यले जनाएका छन् । कैलालीमा माओवादीको बैद्य पक्षकाको असहमतिले पुर्नवर्गीकरणको काम हुन सकेको छैन भने सुर्खेतमा सर्भरमा आएको खरावीले वर्गीकरणको काम हुन नसकेको सेना समायोजना विशेष समितिको सचिवालयले जनाएको छ । 
दोश्रो डिभिजन सिन्धुलीमा शनिबार बिहानदेखि पुनवर्गिकरणको काम सुरु भएपनि अहिले जनसेनाको जारी भएको कार्डको मिति र पदका विषयमा विवाद भएपछि वर्गिकरणको काम रोकिएको छ । सिन्धुलीमा अहिले विवाद मिलाउने प्रयास भइरहेको छ । 
यस्तै अनिमिनले प्रमाणिकरण गर्दा भरेको विवरण र पुनर्वर्गिकरणको टोलीको विवरणमा फरक परे पछि पाचौ डिभिजन रोल्पाको  पुनरवर्गिकरणको काम पनि रोकिएको छ । तर, पहिलो डिभिजन ईलाम, तेस्रो डिभिजन चितवन र चौथो डिभिजन नवलपरासीमा विहान आठ वजेदेखी लडाकु पुनबर्गिकरणको काम भैरहेको छ । 
  
शनिबार देखी सुरु भएको बर्गीकरणको फाराम भर्दा माओवादी लडाकुको पहिलो डिभिजन ईलामका कमाण्डर र सहकमाण्डरले नेपाली सेनामा जाने इच्छा व्यक्त गरेका छन् । त्यस्तै चौथो डिभिजन नवलपरासीका अधिकांश लडाकुले पनि सेनामा जाने इछा राखेका छन् । 
वर्गीकरणमा हरेक लडाकुलाई व्यक्तिगत विवरण सहित उसको ईच्छा अनुसार समायोजन, पुनःस्थापना र स्वेच्छिक अवकास के मा जाने हो त्यसै अनुसारका फारम भर्न लगाइएको छ । 

Related

स्थानिय 2915218357063923342

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item