तीन दिनभित्र आयोग बनाउन दलहरु सहमत
http://sindhulidarpan.blogspot.com/2011/11/news_1674.html
काठमाण्डौ,मसिर ३
संसदमा पेश भएको विधेयक फिर्ता लिन एक दिन अगावै सूचना दिनु पर्ने व्यवस्था भए पनि नियमावली निलम्वन गरी विधेयक फिर्ता लिएको थियो । दलहरुबीच गएराति अबेर भएको सहमतिपत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गर्नु भएको छ ।
राज्य पुनरसंरचनाका लागि विशेषज्ञ टोली वनाउन अन्तरिम संविधान संशोधन गर्न सरकार असफल भए पछि तीन दिन भित्र आयोग गठन गर्न दलहरु सहमत भएका छन् । सरकारले विधेयक फिर्ता लिए पछि प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनसंर्रचना आयोग गठन गर्नेबारे दुई बुँदे सहमति पनि गरेका छन् ।
माओवादी उपाध्यक्ष मोहन वैद्य समूह र आदिवासी जनजाति सभासद् समूह ककसको विरोधका कारण विशेषज्ञ समूह गठन गर्न संविधान संशोधन गर्ने प्रस्ताव फिर्ता लिन सरकार बाध्य भएपछि दलहरु राज्य पुनसंर्रचना आयोग गठन गर्ने पुरानै संवैधानिक व्यवस्थामा फर्किएका हुन् ।
सहमति अनुसार सरकारले तीन दिनभित्र राज्य पुनसंर्रचना आयोग गठन गर्ने छ भने त्यसको समयावधि दुई महिना तोकिनेछ । दलहरुबीचको सहमतिले संविधान निर्माणलाई मार्गप्रसस्त गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । संसद वैठकलाई सम्वोधन गर्दै उहाँले दलहरुबीचको सहमतिले संविधान निर्माणलाई निष्कर्षम्ाा पुर् याउने महत्वपूर्ण आधार वनेको वताउनुभएको हो ।
संसदमा पेश भएको विधेयक फिर्ता लिन एक दिन अगावै सूचना दिनु पर्ने व्यवस्था भए पनि नियमावली निलम्वन गरी विधेयक फिर्ता लिएको थियो । दलहरुबीच गएराति अबेर भएको सहमतिपत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गर्नु भएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !