माओवादी केन्द्रीय समिति अनिश्चितकालका लागि स्थगित


काठमाडौं,कार्तिक ३
पार्टी भित्रको विवाद मिलाउन वोलाइएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको वैठक अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ ।
पटक/पटक स्थगित हुँदै आएको बैठक आजका लागि वोलाइएको भएपनि अर्को सूचना नआएसम्म स्थगित भएको माओवादीले जनाएको छ ।  आजको बैठकमा उपाध्यक्ष मोहन वैद्यको फरक मतबारे अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम थियो ।

वैद्य पक्षले संस्थापन पक्ष विरुद्ध १३ वुँदे असहमति प्रस्ताव दर्ता गराएको थियो । हतियार रहेको कन्टेनरको साँचो वुझाउने सरकारले भारतसँग गरेको "बिप्पा" सरकार गठनअघि मधेसी मोर्चासँग भएको चारबुँदे र शान्ति प्रकि्रया अघि वढाउन भएकेा सातबुँदे सहमति तथा पछिल्लोपटक प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको मन्त्रिमण्डल विस्तार लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ ।
वैद्य पक्षले संस्थापन पक्ष पार्टी नीति विपरित हिँडेको र दक्षिणपन्थी भासमा पार्टीलाई फसाउँदै जनमुक्ति सेनालाई आत्मसर्मपण गराएको जस्ता गम्भिर आरोप लगाएको छ ।
साथै सरकारले अन्तरिम संविधान संशोधनका लागि पेश गरेको विधेयकको विपक्षमा उभिने वैद्य पक्षको अडानले माओवादी भित्रको विवाद झन चकिएको छ । 


Related

राष्ट्रिय 2472105436448041383

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item