दुई पटक हेलिकोप्टर अनियन्त्रित भएपछि अष्ट्रेलियन नागरिक हिडेरै गए


मिसंर, सोलु  १३ 

सोलुखुम्बुको खुम्जुङ्ग ७ लबुचेमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । आज दिउँसो करिब १ बजेतिर लबुचेबाट एकजना अष्ट्रेलियन नागरिक लिएर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । लुक्लाबाट करिब साढे १२ बजेतिर उडेको ढल्ब्क्ष्प् हेलिकोप्टर यात्रु लिएर उडेको केही क्षणमै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी ईको लज लबुचेका ईन्चार्ज विष्णुप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

 ढकालका अनुसार सुरुमा दुई जना चालक दलका सदस्य तथा अष्ट्रेलियन नागरिकसहित हेलिकोप्टर उड्न खोज्दा अनियन्त्रित भएपछि फेरि अवतरण गराई सहचालक भने हेलिकोप्टरबाट झरेका थिए । त्यसपछि फेरि क्याप्टेन दिपक राणा र अष्ट्रेलियन नागरिक मात्र हेलिकोप्टरमा सवार रहेर उड्दा दोस्रो पटक अनियन्त्रित भई दुर्घटनामा परेको ईन्चार्ज ढकालले जानकारी दिनुभयो ।  

दुर्घटनापछि हेलिकोप्टर क्षतिग्रस्त भएको छ । आजै चालक दलका सदस्यहरुलाई एयर डाईनेष्टी लबुचे पुगेर उद्धार गरी काठमाण्डु लगेको छ । अष्ट्रेलियन नागरिक भने हेलिकोप्टरबाट नजाने भन्दै लुक्लातर्फ झरेका छन् ।

 लुक्ला विमानस्थलबाट उडान भर्दासम्म हेलिकोप्टरमा केही समस्या नभएकाले के कारणले हेलिकोप्टर दुर्घटनामा परेको भन्न नसकिने नागरिक उड्ययन प्राधिकरणका एटीसी अफिसर महेन्द्र हुमागाईंले बताउनुभयो । 


फाईल फोटो 






Related

स्थानिय 8859409811316300660

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item