सिन्धुलीमा भेटिएको वम निष्कृय पारियो
http://sindhulidarpan.blogspot.com/2011/11/news_5868.html
सिन्धुली दर्पण,मंसिर १२
कसले र कुन उदेश्यले वम राखिएको हो सो विषयमा अनुसन्धान भईरहेको र सिन्धुलीका सम्पुर्ण सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घटनाको वारेमा धेरै प्रमाण जुटिसकेको र अव अनुसन्धानले नै कसले र किन गरेको थाहा पाईने वताउनुभयो । द्धन्द्धकालमा सो कार्यलयको आसपासमा दुईचोटी वम विष्पोठ भईसकेको छ ।
सिन्धुलीको माढीबजार स्थित सरकारी वकिल कार्यालयको गेटमा रहेको वम नौ नम्वर वाहिनीका सेनाको एक टोलीले निष्कृय पारेको छ । विद्युतिय तर सहितको रातो झोलामा रहेको प्रेसर रिलिज वम निष्कृय पारिएको हो ।
जनअदालत पार्दी लेखिएको पर्चा फेला परेपछि संकास्पद बम हुन सक्ने भन्दै वकिल कर्मचारीले आज विहानै प्रहरीलाई खवर गरेका थिए । पत्र सख्या र विषय रहेको माथिल्ल्ो भाग काटिएको लेटरप्याटमा हातले लेखिएको दुईवटा पर्चा समेत भेटिएको छ ।
कसले र कुन उदेश्यले वम राखिएको हो सो विषयमा अनुसन्धान भईरहेको र सिन्धुलीका सम्पुर्ण सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घटनाको वारेमा धेरै प्रमाण जुटिसकेको र अव अनुसन्धानले नै कसले र किन गरेको थाहा पाईने वताउनुभयो । द्धन्द्धकालमा सो कार्यलयको आसपासमा दुईचोटी वम विष्पोठ भईसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !