'कांग्रेसलाई बन्धक नबनाउन युवा नेताहरुको खवरदारी'
http://sindhulidarpan.blogspot.com/2011/11/news_4456.html
बुटवल,मंसिर १२
नेपाली कंग्रेसका युवा नेताहरुले आपसि विवाद गरेर पार्टीलाई बन्धक नबनाउन नेतृत्वसँग आग्रह गरेका छन् । उनीहरुले आन्तरिक बिवादले पार्टीलाई बलियो बनाउन नसक्ने समेत बताएका छन् ।
कंग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको पार्टीको विवादलाई चिरेर अघि बढ्न आफूहरु अन्तरसंघर्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो ुपुरानो परम्परागत विचार बोकेका नेताहरुलाई तत्काल बदल्न समस्या भएपनि युवाहरुको समूह जब्बरजस्त अघि बढेको छ ।
नेपाली कंग्रेसका युवा नेताहरुले आपसि विवाद गरेर पार्टीलाई बन्धक नबनाउन नेतृत्वसँग आग्रह गरेका छन् । उनीहरुले आन्तरिक बिवादले पार्टीलाई बलियो बनाउन नसक्ने समेत बताएका छन् ।
नेपाल प्रेस युनियन शाखाले आज रुपन्देहीमा अयााेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले मुलुकको परिस्थितिलाई मुल्याङकन गरेर अघि बढ्न नसके ठूलो मुल्य चुकाउनु पर्ने नेतृत्वलाई चतावनी दिएका छन् । कांग्रेसका युवा नेताहरुले पार्टीका शीर्ष नेताहरु विवाद समाधान गरेर अघि बढ्न चाहेपनि उनीहरुका वरपर घुमफिर गर्ने केही तत्वले निकास दिन नचाहेको आरोप लगाएका छन् ।
कंग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको पार्टीको विवादलाई चिरेर अघि बढ्न आफूहरु अन्तरसंघर्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो ुपुरानो परम्परागत विचार बोकेका नेताहरुलाई तत्काल बदल्न समस्या भएपनि युवाहरुको समूह जब्बरजस्त अघि बढेको छ । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले कंग्रेसको आन्तरिक विवाद समाधानका लागि कार्यकर्ताहरु देशैभरीबाट दबाव बढेको भन्दै अब केही दिनमा आन्तरिक बिवाद समाधान हुने दाबी गर्नु भयो । उहाँले भन्नुभयो 'युवाहरुको सकि्रयात बढेको छ सबैलाई मिलाएर अघि बढ्छौं ।
'नेता गुरुङले कांग्रेस आफैभित्रको विवादमा धेरै दिन रोमलिन नहुने समेत बताउनुभएको छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीले कंग्रेसका शीर्ष नेताहरुका वरिपरि घुम्ने समूहको जालोबाट नेतृत्व बाहिर उम्किन सफल हुन सुझाव दिनुभएको छ । उहाँले एउटा समूहले पार्टी एकतामा भाँजो हालेर युवा नेताहरुलाई बिस्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !