ज्ञानेन्द्र शाह रक्सीसहितको डान्स पार्टीमा


काठमाण्डौ, मंसिर १२ 

पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजित डान्स पार्टीमा सहभागी भएका छन् ।
आफ्नै बुहारी हिमानीले ट्रस्टका लागि आर्थिक संकलन गर्न आयोजना गरेको डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र करिब दुई घण्टा सहभागी भएका थिए ।

 डान्स पार्टीमा रौनक थप्न उनले केही स्टेप डान्ससमेत गरेका थिए । राजधानीको खानदानीवर्ग, शाही नातेदार, दरबारमा उच्च ओहोदामा लामो समय काम गरेका कर्मचारीहरु तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको डान्स पार्टीमा सहभागिता थियो ।

आजको नेपाल समाचारपत्र दैनिकमा पापिएको समाचारमा लेखिएको छ, साँझ ६ बजेदेखि मध्यरातसम्म चलेको डान्स पार्टीमा प्रवेश टिकट एक व्यक्तिलाई ५ हजार र जोडीलाई ७ हजार तय गरिएको थियो । पेय पदार्थ सहितको डान्स पार्टीमा कालो र सेतो कपडा लगाउनमात्र अनुमति प्रदान गरिएको थियो ।

Related

स्थानिय 8331747251608165882

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item