कलेजोमा पीप जमेको चेपाङ युवा मंगलसिंको उपचारको लागि इजरायलबाट सहयोग


ज्ञानु वस्नेत,मसिर १२,ईजरायल 

 पैसाको अभावले कलेजोमा पीप जमेको मकवानपुरका एक चेपाङ युवाको उपचार हुन सकेन भन्ने समाचार साहारा संसार मार्फत प्रकाशित भए पछी बिरामी युवा मंगलसिं चेपाङलाइ आर्थिक सहयोग आउने भएको छ।

मङ्सिर १० गते प्रकाशित भएको समाचार पढे पछी बैदेशिक रोजगारीको शिलशिलामा  इजरायलमा  कार्यरत खड्ग कार्की र पुष्प कार्कीले रुपैया पचास हजार नगद  सहयोग गर्ने प्रतिबद्दता साहारा संसारलाई गराउनु भएको  हो  । खड्ग कार्कीको मोरंग जिल्ला गोबिन्दपुर गाऊ विकास समिति वाड न:-१ स्थाई ठेगाना हो भने पुष्प कार्कीको मोरंग जिल्ला इटहरा गाऊ विकास समिति वाड न ९ मा पर्दछ ।

'साहारा संसार मार्फत यस्तो खबर थाहा पाए पछी हाम्रो मन निकै नै छोयो , हाम्रो सानो सहयोगले बिरामी चेपांग को जीवन रक्षा हुन्छ बहने यो भन्दा ठुलो धर्म अरु कुनै हुन सक्दैन ' कार्की बन्धुहरुको भनाइ छ । दई सातादेखि बिरामी परेका मकवानपुर कालिकाटार गाविस ९ धुसाराङका ३८ वर्षीय मंगलसिं चेपाङको पैसाको अभावले उपचार हुन सकेको छैन् ।

Related

अर्थ 7636098230825850702

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item