उप-स्वास्थ्य चौकीहरु करारको जिम्मा

मिनकुमार दाहाल,मंसिर १,सिन्धुली

जिल्लाको ग्रामिण क्षेत्रका अधिकांश उप-स्वास्थ्य चौकीहरुमा स्थायि दरवन्दीका अहेवहरु उपस्थीत नहँुदा अस्पताल विकास समितीले करारमा कर्मचारीहरु नियुक्ति गरेर ग्रामिण क्षेत्रमा जनतालाई स्वास्थ्य सेवा दिदै आएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रशासन शाखाका लुम्वनाथ पोखरेलले ग्रामिण क्षेत्रमा रहेका उप-स्वाथ्य चौकीहरुमा अहेव पठाउनै समस्या भएकॊ वताए । ग्रामिण क्षेत्रमा दरवन्दी राखेर अहेवहरु त्यहाँ काम गर्दैनन, उनिहरु घरमा गए वस्छन् तलव लिने समय भए पछि, जिल्ला स्वास्थ्य कार्यालयमा तलव वुझ्ने समस्या रहेको प्रशासन शाखाका पोखरेलले वताउनुभयो ।  
जिल्ला अस्पताल प्रशासन शाखाका लुम्वनाथ पोखरेलले दिएको जानकारी अनुसार उप-स्वास्थ्य चौकी कुशेश्वर दुम्जामा वृज विहारी िसंह अशोज देखी गएका छैनन् । जिल्ला स्वास्थय कार्यालयले िसंहलाई जलकन्याको स्वास्थ्य चौकीवाट सरुवा गरेर त्यहाँ पठाएको थियो । िसंहले कुशेश्वर उप-स्वास्थ्य चौकी जान हाल सम्म रमान वुझेका छैनन् । उनलेको ठाँउमा एक जना करार कर्मचारीले उपस्थ्य चौकी संचालन गरेर वसेका छन् ।<br> 
त्यसै गरी आम्वोटे उप-स्वाथ्य चौकीमा दरवन्दी रहेका जगदिश मण्डल सुगम स्थान दुधौली गाविसको उप-स्वास्थ्य चौकीमा काजमा काम गरि रहेका छन् । तामाजोर उपस्वास्थ चौकी मोहनवहादुर वैजु करारमा काम गरि रहेका छन् । तामाजोर गाविसको उप-स्वास्थ्य चौकीमा दरवन्दी भएका एक जना अहेव करिव दुई वर्ष अगाडी सरुवा भएर अन्यत्र गए । उनको स्थानमा स्वास्थ्य सेवा विभागले अहेव हाल सम्म पठाएको छैन् । 
यसै गरी झागाझोली रातमाटा उप-स्वास्थ्य चौकीमा कार्यरत विजयकुमार यादव २०६६ साल जेठमा सरुवा भएर अन्यत्र जिल्ला गएका छन् । विभागले यादवको स्थानमा पठाएको अहेव राजेन्द्र राय अहिले सम्म सिन्धुली नआएको गुनासो जिल्ला स्वास्थ्य कार्यालय प्रशासन शाखाले जनाएको छ । 


त्यसै गरी वस्तीपुर उप-स्वास्थ्य चौकीवाट सरुवा भएर गएका रामवेतन साह सरुवा भएर गएको धेरै भयो । साहको स्थानमा लक्ष्मी राय आउनु पर्ने उनी पनि आएका छैनन् । तिनकन्या गाविसको उप-स्वास्थ्य चौकीमा विभागले एक जना ढुङ्गाना थरका अहेव करिव एक वर्ष अघि तिनकन्या आउदै छन् भन्ने पत्र आयो तर मान्छे आएन । पछि उनी कहाँ गए भनेर वुझ्दा अस्टे्रलिया तिर लागे छन् । उनी हाल सम्म पनि सिन्धुली आएका छैनन् पोखरेले भन्नुभयो । हाल उनको स्थानमा एक जना अहेवलाई करारमा राखेर उप-स्वास्थ्य चौकी संचाल गरिएको पोखरेलले वताउनुभयो । 
त्यसै गरी पोखरी गाविसमा रहेको उप-स्वाथ्य चौकीमा दरवन्दी भएका  दिलीप कुमार यादव दरवन्दी भएको स्थानमा नगए पछि  जिल्ला स्वास्थ्य कार्यालयले करिव सात महिना देखी उनको तलव रोक्का गरि दिएको छ । उनलाई अन्यत्र सरुवा गरि उनको स्थानमा अर्को अहेव पठाई दिन जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको पोखरलले वताउनुभयो ।

जनतालाई प्रत्यक्ष सेवा दिन कार्यालय वेथितीमा संचालन भएको छ । स्वास्थ्य सेवा पाउनु जनताको नैसर्गिक अधिकार भएकोले ग्रामिण भेगका उप-स्वास्थ्य चौकीहरुमा अवहे पठाउन नसक्दा हामीहरु निरास भएका छौ स्वाथ्य कार्यालय प्रशासन शाखाका लुम्वनाथ पोखरले वताउनुभयो। दरवन्दी भएको स्थानमा अहेवहरु जानु पर्छ भन्दा उनीहरुले मोवाइवाट धम्की दिने सम्म गरेको गुनासो पोखरेलले गर्नुभयो । स्वास्थ्य कार्यालय सुधार्ने होइन अव आफै कार्यालय छोडेर अन्यत्र सरुवा भएर  हिड्न सोच वनाएको उहाँको भनाई छ । 

Related

स्थानिय 2444046871138874644

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item