पुनःवर्गिकरणमा मौषम प्रतिकुल
http://sindhulidarpan.blogspot.com/2011/11/news_18.html
सिन्धुली दर्पण,मंसीर २
प्राविधिक काम गर्न टेण्ड गाड्ने र प्राविधिक सामानहरु जडान गर्ने काम भैरहेको छ । हावा हुरी सहित पानी पर्ने गरेकाले कम्प्युटर लगायतका सामाग्रीहरुलाई असर पर्ने सक्ने विशेष समितीका सदस्य मिश्रले जानकारि दिनुभयो । दुई नम्वर डिभिजन र त्यस अन्र्तगतका सहायक शिविरहरु उदयपुरको वेलसोतमा रहेको विशाल-कुमार महोत्तरीको खयरमारामा रहेको रामवृक्ष स्मृति र सिन्धुलीकै रानीवास गाविसमा रहेको सोलु-सल्लेरीबाट माओवादी लडाकुहरुलाई मुख्य शिवीरमा ल्याउन बस काठमाडौंबाटै लिएर आएको सेना समायोजन विशेष समितीले वताएको छ ।
माओवादी लडाकुको पुनःवर्गिकरण गर्न सिन्धुलीको दुई नम्वर डिभिजन कार्यालय दुधौली आएका सेना समायोजन विशेष समितीका सदस्य रामानन्द मिश्रले खराव मौषमको कारण पुनःवर्गिकरण गर्ने कार्य प्रभावित हुन सक्ने वताउनुभएको छ । बुधवार देखी निरन्तर पानी परेको र हावा हुरीका कारण काम गर्न अप्ठ्यारो परिरहेको मिश्रले वताउनुभयो ।
प्राविधिक काम गर्न टेण्ड गाड्ने र प्राविधिक सामानहरु जडान गर्ने काम भैरहेको छ । हावा हुरी सहित पानी पर्ने गरेकाले कम्प्युटर लगायतका सामाग्रीहरुलाई असर पर्ने सक्ने विशेष समितीका सदस्य मिश्रले जानकारि दिनुभयो । दुई नम्वर डिभिजन र त्यस अन्र्तगतका सहायक शिविरहरु उदयपुरको वेलसोतमा रहेको विशाल-कुमार महोत्तरीको खयरमारामा रहेको रामवृक्ष स्मृति र सिन्धुलीकै रानीवास गाविसमा रहेको सोलु-सल्लेरीबाट माओवादी लडाकुहरुलाई मुख्य शिवीरमा ल्याउन बस काठमाडौंबाटै लिएर आएको सेना समायोजन विशेष समितीले वताएको छ । शुक्रवार सवै काम गर्न नभ्याइने भएकोले शनिबार बिहानै देखी पुनःवर्गिकरणको काम गर्ने गरि तयारी भैरहेको दुई नम्वर डिभिजनका सह-कमाण्डर उत्तमले जानकारी दिनुभयो । महोत्तरी उदयपुर र सिन्धुलीकै रानिवासबाट समायोजनमा जान चाहाने नचाहाने सवैलाई आफ्नो विचार राख्न खुला गरिएको छ । समायोजन प्रकृयाको चित्त नबुझ्ने साथिले फरक मत राख्न सक्छन् सह-कमाण्डर उत्तमले भने । दुइ नम्बर डिभिजनमा मुख्य र सहायक शिवीरमा गरि १६ सय ५९ लडाकुहरु रहेको विशेष समिती सदस्यले जानकारि दिएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !