माओवादी उपाध्यक्ष बैद्य राजनीतिक सन्यासको मनस्थितीमा
http://sindhulidarpan.blogspot.com/2011/11/news_3979.html
काठमाडौं,फणिन्द्र फुयाल, मंसिर १
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरण आफ्नै गुटभित्र देखापरेको बिवाद समेत मिलाउन नसक्ने भएपछि राजनीतिक सन्यासको मनस्थिततिमा पुगेका छन् । पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउने गरी अगाडि बढ्ने दृढता व्यक्त गरेपछि कथित बिद्रोहको कुरा गर्दै पार्टी फुटाउने तयारीमा लागेका उपाध्यक्ष बैद्य अन्तत आफ्नै गुट भित्रको अन्तरकलहले सो निश्कर्षमा पुगेका हुन् । बैद्य समूहभित्र बादल–बिप्लब, सिपी गजुरेल र देव गुरुङ गरी तीन खेमा बन्न गएपछि हिजो बैद्यसहित बसेको एक गोप्य बैठकमा उनले आफू राजनीतिबाटै सन्यास लिने बताएको गुरुङ निकट एक स्रोतले बतायो ।
बैद्य तत्काल पार्टी नफुटाई भित्रै संघर्ष गर्ने सोचाईमा पुगेपछि उनी भित्रकै तीन समुहले तत्काल पार्टी फुटाउने हिम्मत नगरे आफुहरु बैद्यलाई नेता नमान्ने जवाफ दिएपछि बैद्य बिक्षिप्त बनेका स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ बन्ने पार्टीको अध्यक्ष बादल र महासचिव बिप्लव बन्ने पक्का भएपछि गजुरेलले अध्यक्षमा र गुरुङले महासचिवमा दाबी गर्दै आएका थिए । तर बादलले कुनै हालतमा अध्यक्ष नछाड्ने र बिप्लवले महासचिव नछाड्ने भएपछि उक्त समूहमा तीब्र अविश्वास र अन्तर बिरोध बढेको छ ।पछिल्लो समयमा सेना समायोजन र संविधान संशोधनको बिषयमा पनि उक्त समूह भित्र तिब्र मतभेद देखिएको छ । गुरुङपक्ष सम्मानजनक समायोजन नभएमा जनमुक्ति सेनाले कुनै पनि सहमति नमानी रित्तै फर्कनु पर्ने अडान राख्छ भने बिप्लव–बादल समूह सानै पदमा भएपनि नेतृत्व पाएमा सेनामा जानुपर्ने धारणा राख्दछ । तर गजुरेल भने समायोजनमा नगई सहमति अनुसारको पैसा लिएर बाहिर निश्कनु पर्ने धारणा राख्दछन् । त्यस भित्र समूहभित्रको अन्तरबिरोधलाई अन्तर बिरोध लाई पुष्टि गर्ने गरी हिजो मात्रै आफूलाई पत्रकारको नेता दाबी गर्ने माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले आफुहरु पार्टी फुटाउन तयार भएको बताएका थिए । उनको सो भनाई बैद्यले सकेसम्म पार्टी फुटाउनु हुन्न भनेर आफ्नो समूहमा धारणा राखे लगत्तै आएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !