सरकारले माग पूरा नगरॆ आन्दोलनको सुनामी ल्याउने क्षेत्रीहरुको चेतावनी

काठमाडौं ,मंसीर १२

संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले आफ्ना माग पूरा नगरे आन्दोलनको सुनामी ल्याउने चेतावनी दिएको छ ।  संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले जातीय विभेदकारी नीति ल्याएर क्षत्रीलाई अन्य जातीमा सूचिकृत गर्नु क्षत्रीको पहिचान समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउँदै क्षत्रीलाई आदिवासीको सूचिमा सुचिकृत नगरीए आन्दोलनको सुनामी ल्याएर भएपनि आपुना हक शुनिश्चित गर्ने चेतावनी दिएका हुन् । 
 रिपोर्टस्र क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले विकेन्द्रीकरणको सामान्य ज्ञान पनि नभएका नेपाली जनतालाई अग्राधिकारयुक्त जातीय संघीयता बनाएर नियोजित रुपमा मुलुकलाई खण्डिकृत गरी क्षत्री समूदायलाई गुमनाम बनाउन खोजेको आरोप लगाएका छन् । समितिले राज्यले क्षत्रीलाई आदिवासीको १ नम्बर मा सूचिकृत गरी छुट्टै पहिचान कायम गरिनुपर्ने कुनै पनि जातलाई अन्यमा राख्न नपाईने आदिवासी जनजाती ऐन तत्काल खारेज गरी नयाँ समावेशी ऐन बनाउनुपर्ने जस्ता ६ सूत्रीय मागसहित चरणबद्ध आन्दोलनमा उत्रीएको जानकारी गराएको थियो ।  

Related

राष्ट्रिय 6690018976419201638

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item