सिन्धुलीमा घट्दो छ महिला हिंसा
http://sindhulidarpan.blogspot.com/2011/11/news_29.html
उमा पौडेल,मसिंर १३,सिन्धुली
त्यस्तै आर्थिक बर्ष ०६८/०६९ मा अहिलेसम्म ८ वटा मुद्धाहरु मात्रै दर्ता भएका छन् । जसमा जवरजस्तिकरणीमा १ वटा , करर्निमा १ वटा , अंशका सम्बन्धमा २ वटा , कुटपिट तथा करकापमा ४ वटा मुद्धाहरु दर्ता भएका हुन् । आर्थिक बर्ष ०६७/०६८ मा दर्ता भएकामध्ये १ वटा जवरजस्तिकरणीको मुद्धा फैसला गर्न बाकि रहेको छ ।
गएका बर्षहरुको तुलनामा सिन्धुली जिल्लामा महिला हिंसाका घटनामा कमि आएको छ । सिन्धुली जिल्ला अदालतका अनुसार जिल्लामा गत बर्षहरुको तुलनामा महिला हिंसा सम्बन्धि घटनामा कमि आएको हो । आर्थिक बर्ष ०६७/०६८ मा महिला हिंसाका सम्बन्धमा जिल्ला अदालतमा ३० वटा घटना दर्ता भएका छन् । जसमा जवरजस्तिकरणीमा ४ वटा , मानब बेचबिखनमा १ वटा , महिलाले अंश पाउनुपर्ने बिषयमा ११ वटा , सम्बन्ध बिच्छेदमा ६ वटा, लिखित दर्ता बदरमा ४ वटा , र जालसाजिमा ४ वटा मुद्धाहरु दर्ता भएका हुन् । तथ्यांकका आधारमा महिलालाई अंशको निहुमा घटनाहरु बढि दर्ता भएको देखिन्छ ।
त्यस्तै आर्थिक बर्ष ०६८/०६९ मा अहिलेसम्म ८ वटा मुद्धाहरु मात्रै दर्ता भएका छन् । जसमा जवरजस्तिकरणीमा १ वटा , करर्निमा १ वटा , अंशका सम्बन्धमा २ वटा , कुटपिट तथा करकापमा ४ वटा मुद्धाहरु दर्ता भएका हुन् । आर्थिक बर्ष ०६७/०६८ मा दर्ता भएकामध्ये १ वटा जवरजस्तिकरणीको मुद्धा फैसला गर्न बाकि रहेको छ ।त्यसैगरि आर्थिक बर्ष ०६८/०६९ मा जवरजस्तिकरणीको २ वटा मुद्धा फैसला गर्न बाकि रहेको छ । यो आर्थिक बर्षको बितेको करिब ५ महिनामा महिला हिंसा सम्बन्धि दर्ता भएको घटनाको आधारमा पनि महिला हिंसा सम्बन्धि घटनाको संख्या घटेकोमा बिश्वस्त रहन सकिने सिन्धुली जिल्ला अदालतका प्रवक्ता कृष्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !