विकास निर्माणको काममा लापरवाही


भोजराज कोइराला,मसिर १,महोत्तरी 

सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने पत्थरकोट गाविसमा विकास निर्माणको काममा लापरवाही भएकेा स्थानीयबासीले बताएका छन् । यस क्षेत्रमा भएका धेरैजसो विकास निर्माणका काम वर्षौँदेखि अधकल्चो अवस्थामा छन् भने केहि कमसल काम गरेर पूरा गरीएको उनीहरुको भनाइ छ । 

२०५९ सालमा करिब तीन करोड रुपैँया खर्चेर निर्माण गरिएको लखन्देही िसंचाई आयोजना अन्तर्गतको बाँध कमसल निर्माण सामाग्री प्रयोग गरेका कारण भत्कीइसकेको छ । पत्थरकोट र छिमेकी गाविस अत्रौलीको गरि हजारौं विघा जमिनमा सिचांई हुने आयोजनाको बाँध निर्माणका लागि अहिले पनि बसे्रनी लाखौं रुपैया वजेट आउने गरेको छ । 

पत्थरकोट ९ मा रहेको जारे खोल्सीमा आठ वर्षअघि निर्माण शुरु गरिएको पुलको निर्माण कार्य अझै सम्पन्न भएको छैन । करिब ५ वर्ष अघि बनाइएको पत्थरकोट ७ मा रहेको जनता निमावीको २ कोठे भवनमा छानो हाल्ने काम अझै सकिएको छैन ।

Related

समाज दर्पण 5014493804045686464

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item