प्राविधिक टोली लडाकु शिविरमा

सिन्धुली दर्पण,मसिर १

एकीकृत नेकपा माओवादी सेनाका लडाकुहरुको पुनवर्गीकरणका लागि २१० जनाको  प्राविधिक टोलीले  आजदेखि माओवादी सेनाका लडाकुहरुको सातै डिभिजनका शिविरमा काम सुरु गर्दैछ । प्रमुख दलबीच भएको सातबुँदे सहमति अनुसार सेना समायोजन विशेष समितिको कार्तिक २८ गते बसेको बैठकले आजदेखि सर्वेक्षण टोली लडाकु शिविर पुगेर काम शुरु गर्ने निर्णय गरेको थियो । टोलीलाई मंसिर ७ गतेभित्र लडाकूहरुको पुनवर्गर्ीकरण सक्न निर्देशन दिइएको छ । टोलीले लडाकुहरुको इच्छा बुझेर समायोजन पुनस्र्थापना वा स्वेच्छिक अवसकास रोज्नेको छुट्टाछुट्टै विवरण तयार पार्नेछ । 

सातवटा मुख्य २१ वटा सहायक शिविरमा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ माओवादी सेनाका लडाकु रहेका छन् । टोलीमा प्रत्येक शिविरका लागि ३० जनाका दरले समूह विभाजन गरिएको र टोलीको नेतृत्व सेना समायोजन विशेष समितिको सचिवालयका सदस्यहरुले गरेको लडाकुका प्रवक्ता चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो । टोलीले मङ्सिर १२  गतेभित्र पुनस्थापना स्वेच्छिक अवकास वा समायोजनमा जान चाहने लडाकुहरुको समूहको पहिचान गरी तथ्याङ्क तयार पार्ने प्रवक्ता खनालले जानकारी दिनुभयो ।

लडाकुको इलामस्थित पहिलो डिभिजनमा टोलीको नेतृत्व सचिवालयका सदस्य शम्भुराम सिम्खडा दोस्रो डिभिजन सिन्धुलीमा रामानन्द मिश्र तेस्रो डिभिजन चितवनमा सचिवालयका संयोजक बालानन्द शर्माले गर्नुभएको छ । त्यस्तै चौथो डिभिजन नवलपरासीमा षडानन्द कुर्मी पाँचौ डिभिजन रोल्पामा िसंहबहादुर श्रेष्ठ छैटौं डिभिजन सुर्खेतमा दिपक भट्ट र सातौँ डिभिजन कैलालीमा गोपालिसंह बोहराले टोलीको नेतृत्व गर्नुभएको छ । 

Related

स्थानिय 5599443465037416999

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item