मलेसियामा नेपाली कामदारको ज्यान गयो

क्वालालम्पुर, पुष ७ 
बैदेशिक राजगारीका लागि मलेसिया पुगेका एक नेपाली कामदारले ज्यान गुमाएका छन् । मुटुमा समस्या देखिएपछि मलेसिया स्थित क्वालालम्पुर अस्पताल भर्ना भएका हरि नारायण सिंहको उपचारका क्रममा बिहीबार बिहान ज्यान गएको हो ।
धनुषा स्थायी घर भएका सिंहको बिहीबार बिहान उपचारका क्रममा ज्यान गएको पवन बुढाथोकीले जानकारी दिनुभयो । सिंह मुटु दुखेकोले १४ दिन अघि अस्पताल भर्ना हुनुभएको थियो । ४२ वर्षिय सिंह क्वालालम्पुरको चौगेटमा रहेको एस्सि सुपर मार्केटमा कार्यरत हुनुहुन्थ्यो । 
सिंहको उपचार खर्च उहाँ कार्यरत कम्पनीले बेहोरेको छ । मृतकको बारेमा नेपालमा रहेका घरपरिवार र नेपाली दुतावासमा समेत खबर गरिसकेको वुढाथोकिले जानकारी दिनुभयो ।  
 

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item