अखण्डित ताम्सालीङका लागि तीन मुख्य दललाई तामाङ घेदुङको ज्ञापनपत्र


काठमाण्डौ पुस ७
अखण्डित ताम्सालीङको सुनिश्चितताको लागि दबाब दिने उद्देश्यले नेपाल तामाङ घेदुङले आज मुख्य तीन दलको पार्टी कार्यालयमा धर्ना दिएको छ । केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङको नेतृत्वमा गएको टोलीले धर्ना दिएको हो । धर्नापछि तीनै दललाई घेदुङले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न समुदायको ऐतिहासिक थातथलो र भूमिमा र समुदायको ऐतिहासिक बाहुल्य निरन्तरताका आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने उल्लेख गरिएको छ ।
समुदायको ऐतिहासिक भूमि खण्डित गर्ने काम भएमा सङ्घीयताको कुनै अर्थ नहुने भएकोले ताम्सालीङलाई खण्डित पार्ने गरी ल्याइएको सुनकोशी र नारायणी प्रदेशको प्रस्तावलाई खारेज गर्न पनि घेदुङले विज्ञप्तिमा उल्लेख गरेको छ । 
धर्नापछि घेदुङका अध्यक्ष योन्जनले एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रीपाण्डे र एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाउनुभएको थियो । तामाङ समुदायले काठमाडौं वरिपरिका १० जिल्लाहरु काभ्रेपलान्चोक सिन्धुपाल्चोक दोलखा रामेछाप सिन्धुली मकवानपुर धादिङ नुवाकोट रसुवा र चितवनलाई ताम्सालीङ प्रदेशको रुपमा प्रस्ताव गर्दै आएको छ ।

Related

स्थानिय 3619107610282116724

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item