अदुवा कृषकहरु चिन्तित बन्दै


हिरालाल अधिकारी दनुवार 
उदयपुर पुष १० 
उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविसहरुमा व्यवसायिक रुपमा लगाउँदै आएको अदुवाले राम्रो मुल्य नपाएपछि कृषकहरु चिन्तत बनेका छन् । केही वर्ष देखि कृषकहरुले व्यवसायिक रुपमा लगाउँदै आएको अदुवाले राम्रो मुल्य नपाएपछि चिन्तत बनेका हुन् । कात्र्तिक महिना बाटै अदुवा ब्यापारीहरु कृर्षकह्रुको घरघरमा गएर अदुवा खरिद गर्न पेस्की स्वरुप रकम छाड्ने ब्यपारीहरु यो बर्ष भने पौष महिना बितिसक्दा पनि ब्यापारीहरु नआएपछि कृर्षहरु चिन्तित बन्दै गईरहेको सोरुग छबिसेका स्थानिय शिक्षक सुर्य कटुवालले बताएका छन् । कृषि बिकास कार्यलय उदयपुरको तथ्याक अनुसार उदयपुरको हर्देनि सोरुँग छबिसे मयाँखु लेखानि सिरेसे लिमपटारओख्ले रुपटार लेखगाँउ साउने खाँबु रौता पौखरी लगाएतका मध्य पहाडि गाउबिकास समितीका कृर्षक हरुले ब्यबसायिक रुपमा अदुवा खेति गर्दै आईरहेका छन् ।
गत बर्ष प्रति के् जि। रु ३५ देखि ४५ सम्म भएको अदुवाको मुल्य यो बर्ष अदुवाको मुल्य पनि कायम नभएको र ब्यपारीहरु पनि कृषकसामु नआएपछि आफुहरु चिन्तित हुनपरेको हर्देनिका कृर्षक राजन राउत बताउनुभयो । उदयपुरमा गत बर्षको तुलनामा यो बर्ष भने अदुवा उत्पादन पनि उच्च रहेकोले अदुवाको मुल्य  कम हुन सक्ने कृर्षि बिकास कार्यलय उदयपुरको अनुमान छ । गाईघाट कटारीमिर्चैया लाहान हुदै बिराटनगर जनकपुर बाट छिमेकि राष्ट भारतको बजारहरुमा निर्यात हुने अदुवा यो बर्ष खर्दि भएको छैन् ।

Related

कृषि 3745249221476206939

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item