चाँदलाई सुपरसिक्सको उपाधी

http://sindhulidarpan.blogspot.com/2011/12/sports_25.html
सुरेश यादव
जनकपुर पुस १०
जनकपुरमा शनिवार सम्पन्न सुपर सिक्स कि्रकेट टुर्नामेन्टमा आर्या इन्टरनेशनल स्कुललाई ३ विकेटले पराजित गर्दै चाँद युथ क्लवले उपाधी हात पारेको छ ।
टस जितेर व्याटिङ रोजेको आर्या ४८ रनमै अलआउट भयो । ८ ओभरको खेल भएकोमा आर्या ४।३ ओभरमै अलआउट भएको थियो । चाँदका गुलशन विपिन अभिनन्दन र सन्तोषले एक-एक विकेट लिएका थिए भने दुई जना रनआउट भएका थिए ।
४९ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको चाँदले ३ विकेटको क्षतिमा ३।५ ओभरमै अप्रत्यासित जीत हासिल गर् यो । चाँदका गुलशनले १० नागेन्द्रले ५ सुरेन्द्रले ४ र अभिनन्दन ठाकुरले १५ रन नटआउट जोड्न सफल भएका थिए । अभिनन्दन प्लेयर अफ द म्याच भए ।
"हाम्रो विकेट लागु औषध विरुद्ध" नाराका साथ एसएम युथ स्पोर्ट्स क्लवले जनकपुर चुरोट कारखानाको खेल मैदानमा आयोजना गरेको टुर्नामेन्टमा ४३ वटा टीम भाग लिएका थिए । ती मध्ये चार वटा म्याच खेलेर ९९ रन र ६ विकेट लिएका चाँदका अभिनन्दन म्यान अफ द सिरिजको उपाधी समेत हात पारेका छन् ।
उत्कृष्ट व्याट्स म्यानको उपाधी आर्याका अनिल मण्डलले पाए भने उत्कृष्ट बलरको उपाधी पनि अभिनन्दनले नै हात पारेका छन् । अभिनन्दन र अनिलले दश हजार मुल्य पर्ने व्याट्स तथा ट्रफी पाए । अभिनन्दनलाई नार्कोनन नेपालका सुभाष काफलेले पाँच हजार नगद प्रदान गरेर खेलप्रतिको हौसला बढाए ।
नार्कोनन नेपालका अध्यक्ष एंव भुपु एसएसपी वसन्त कुँवरले प्रथम विजेतालाई सात हजार नगद तथा ट्रफी र उपविजेता टीमलाई चार हजार नगद तथा ट्रफी प्रदान गरेका थिए ।
अनिललाई विशेष सम्मान
राष्ट्रिय कि्रकेट टिमका ओपनर व्याट्स म्यान अनिल मण्डललाई एसएम स्पोर्ट्स जनकपुरले ८० हजारको खेल सामाग्री सहित सम्मान गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर धनुषाको पहिचान दिलाएको भन्दै मण्डललाई एसएम स्पोर्ट्सले ७९ हजार ७ सयको खेलसामाग्री र पाँच हजार एक सय एक रुपैयाँ नगद प्रदान गर् यो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !