भागवत प्रेमीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9316.html

पुस १० सुरेश बिडारी लालबन्दी सर्लाही
भागवत गीतालाई उग्रवादी साहित्य भनी रुसमा प्रतिवन्ध लाग्नुपर्ने भनी दायर भएको मुद्दाका सम्बन्धमा भागवत प्रेमीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् ।
श्रीमद भागवत प्रचार प्रसार सेवा संघले भोली आफ्ना शाखा रहेको जिल्ला प्रशासन कार्यालयहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । संघले सर्लाही रौतहट महोत्तरी र धनुषाको जिल्ला प्रशासन कार्यलय मार्फत भोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने संघ सर्लाहीका कार्यालय सचिव उमेश दहालले जानकारी दिनुभयो ।
यसैबीच हिन्दुहरुको पवित्र धार्मिकग्रन्थ गीतालाई उग्रवादी साहित्य भन्दै साईबेरियाको टाम्स्क अदालतमा स्थानीय चर्चले हालेको मुद्दा विश्वमा धार्मिक द्वन्द फैलाउने षड्यन्त्र भएको सर्लाहीको हरिवनमा आयोजित अन्र्तकि्रयाका वक्ताहरुले बताएका छन् । भागवत गीताहरुमाथी रोक लगाउनु समस्त हिन्दुहरुलाई नै चुनौतिको विषय भएको उनीहरुको भनाइ रहेको छ ।
रुसमा चालिएको कदमको विरोधमा विभिन्न धार्मिक संघठनहरुको आयोजनामा आज सर्लाहीको हरिवनमा भएको अन्र्तकि्रया कार्यक्रममा बोल्दै श्रीमदभागवत प्रचार प्रसार सेवा संघ महोत्तरीका अध्यक्ष रामेश्वर दहालले धर्म सत्य र न्यायको पक्षमा रहेको गीता माथी अतिवादीको आरोप लगाउनु विकृत मनस्थीतिको उपज भएको बताउनुभयो । रुसी सरकारले यो कदम तत्काल नरोके हिन्दुहरुले पनि चर्च सम्बन्धी सम्पूर्ण कामकारबाही ठप्प पार्ने नव विहानी अध्यात्मिक संघका सहसचिव विनोद नेपालले चेतावनी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !