रेडियो सिन्धुलीगढीले प्रसारण थालेको ४ वर्ष पुरा

http://sindhulidarpan.blogspot.com/2011/12/radio-sindhuli-gadhi.html
रमा कार्की
सिन्धुली ,पुस १०
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियोरेडियो सिन्धुलीगढी यहि पुस ९ गतेवाट पाँचौ वर्षमा प्रवेश गरेको छ । मानव विकास तथा वातावरण संरक्षण केन्द्र हुडेकद्धारा सन्चालित विकास र परिर्वतनको आवाज रेडियो सिन्धुलीगढीले आफ्नो प्रसारण २०६४ साल पौष ९गतेबाट सुरु गरेको थियो । तर रेडियोले नियमिति प्रसार भने २४ गतेबाट सुरु गरेको हो ।
साथै रेडियोको औपचारिक उद्घाटन पनि २४ गते गरिएकाले वार्षिक उत्सव पनि २४ गते नै मनाउँदै आएको छ । सिन्धुलीको सवैभन्दा ठुलो र विश्वसनिय साचार सस्थाले सिन्धुलीको समुदायमा हुने विभिन्न सवालहरुलाई स्थानीयको पहुँच सम्म पुर्याउनका लागि समाचार शिक्षा साहित्य मनोरन्जन स्वास्थ्य महिला बालबालिका लगाएतका मुद्धाहरुलाई उठाउँदै आइरहेको रेडियोका स्टेशन म्यानेजर द्धारिका काफ्लेले जानकारी दिनुभायो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !