पाँच बर्षभित्र सबै निरक्षरलाई साक्षर बनाईने


उमा पौडेल 
सिन्धुली,पुस १० 
शिक्षा राज्यमन्त्रि लिला भण्डारीले अबको ५ बर्षभित्रमा सबै निरक्षरहरुलाई साक्षर बनाईने बताउनुभएको छ । जनजागरण उमाबि हर्षाहिको स्वर्णजयन्ति तथा ५० औ अभिभाबक दिबसमा बोल्दै उहाँले अहिलेको शिक्षालाई खारेजि गरी बैज्ञानिक शिक्षाको आवश्यकता समेत औल्याउनुभएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सरुप लाल फनेतको अध्यक्षता तथा शिक्षा राज्य मन्त्रि लिला भण्डारीको प्रमुख आतिथ्यता एबं एमाले सभासद्  बिषमलाल अधिकारीको बिशिष्ट आथिथ्यतामा भएको कार्यक्रममा माओबादिका जिल्ला ईन्चार्ज बसन्त माझी  एमालेका जिल्ला कमिटि अध्यक्ष कमलजंग राई  पब्लिक क्याम्पसका केन्द्रिय सदस्य प्रदिप कटुवाल  सहायक प्रजिअ बिमल कुमार पोख्रेल  जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुईटेल लगायतको सहभागिता रहेको छ । कार्यक्रममा बिद्यालयका प्राचार्य कुलमणी आचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नूभएको थियो ।

Related

समाज दर्पण 4004873238383119195

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item