काठमाडौं पुस १०
नयाँ संविधानको एकीकृत मस्यौदा बनाउने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक प्रमुख दलका शीर्ष नेताहरु अनुपस्थित भएपछि केहि समय बसेर स्थगित भएको छ । िसंहदरबारस्थित समितिको कार्यकक्षमा आज बिहान बसेको बैठकमा प्रमुख दलका शीर्ष नेताहरु अनुपस्थित भएपछि बैठक झण्डै एक साताका लागि स्थगित गरिएको समिति सभापति नीलाम्वर आर्चायले जानकारी दिनुभयो ।

एकीकृत माओवादी कांग्रेस एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु नआएपछि बैठक प्रभावित भएको हो । पछिल्लो समय संविधानका बिवादित बिषयमा सहमति खोज्न बस्ने भनिएको बिवाद समाधान उपसमितिको बैठक निर्णय बिहिन भईरहेका समयमा आज पुनः संवैधानिक समितिपनि प्रभावित भएको छ । एकीकृत माओवादी भित्रको आन्तरिक बिवादले संविधान निर्माणको काममा समेत प्रभाव पारेको समिति सदस्यहरुले गुनासो गर्न थालेका छन् । ठूला दलका नेता नै पार्टीको काम छ भन्दै नआएपछि पुस १६ गते अर्को बैठक बस्ने गरी बैठक स्थगित गरिएको राष्ट्रिय जनशक्ति पार्टीका सह-अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका नेताहरुले संविधानका सहमति भईसकेका कतिपय बिवादित बिषयमा असहमति जनाएपछि बिवाद उत्पन्न हुँदै आएको छ । वैद्य पक्षले पार्टी विवाद उपसमितिमा समेत प्रवेश गराएपछि थप समस्या उत्पन्न भएको हो । उपसमितिमा सहमति जुटेको नयाँ संविधानको प्रस्तावनामा माओवादी जनयुद्धको सट्टा सशस्त्र संघर्ष उल्लेख गर्ने तथा १८ वर्ष उमेर पुगेका हरेक नेपालीलाई अनियार्व सैन्य तालिमको व्यवस्था नगर्ने १८ वर्ष उमेर पुगेका नेपालीले मात्र मताधिकार प्रयोग गर्न पाउने विषयप्रति वैद्य पक्षले समितिमा विवाद ि´केको छ । सो सहमूहले जनयुद्ध शव्द प्रस्तावनामा नजै राख्नु पर्ने अडानबाट पछि नहट्ने अडान राखेको छ । पुष १५ गतेभित्र विवाद समधान गरिसक्ने कार्यतालिका भएपनि शुरुका बैठकमा सहभागीता जनाउदै निर्णय गरिरहेका दलका शीर्ष नेताहरु पुन बैठकमा आउन नै छाडेका छन् । बैठकमा सहभागी अन्य दलका नेताहरुले शीर्ष नेताहरुले पुन संविधान निर्माणमा वेवास्था गर्न थालेको भन्दै नियमित आउन निर्देशन दिनुपर्ने माग गरेका छन् । दलहरुबीच राज्य पुन संरचना बाहेक ११ वटा बुदामा सहमति जुट्न बाकी रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !