कांग्रेस सभापति कोइराला सिन्धुलीमा कार्यकर्ता भेटघाटमा व्यस्त ।

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9177.html
रमा कार्की
सिन्धुली ,पुष ९
नेपाली कांग्रेशका पार्टी सभापति शुसिल कोइराला सिन्धुली आइपुग्नु भएको छ । नेपाल शिक्षक संघको क्षेत्रीय भेलाको उद्घाटन कार्यक्रममा सहभागि हुन उहाँ सिन्धुली आउनु भएको हो । सिन्धुलीको खुल्ला मन्चमा आज हुन लागेको उक्त कार्यक्रमको सभापति कोइरालाले उद्घाटन गर्नुहुने पार्टी महासमिति सदस्य शुसिला थिङले जानकारी दिनु भयो । हिजो सिन्धुली आइपुग्नु भएका कोइराला आज विहानै देखि सिन्धुलीका पार्टी कार्यर्ताहरु सँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !