क्रिसमस महोत्सव मनाउँदै


२५ डिसेम्बर, ०११
प्रभु यशुको जन्मोत्सवको उपलक्ष्यमा नेपाली इसाईहरूको आज विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस महोत्सव मनाउँदै छन् । जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्ष यो महोत्सव मनाइने गरिन्छ । सूर्यका भक्त रहेका रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका हुन् ।

बादशाह कन्स्टेन्टाइनले हरेक वर्ष उक्त दिन सूर्य देवताको जन्म दिवस मनाउने गर्दै आएकोमा उनले क्रिश्चियन धर्म अवलम्बन गरेपछि त्यस दिन सूर्य देवताको नभई जिसस क्राइस्टको जन्मदिनका रूपमा मनाउन उर्दी जारी गरेकाले त्यसैबेलादेखि यो महोत्सवको महत्व बढेको हो ।

वि.सं. २०६३ मा तत्कालीन व्यवस्थापिका-संसदको बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि यो महोत्सवलाई पनि राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको हो । त्यसै वर्षदेखि नेपाल सरकारले क्रिसमस दिवसका अवसरमा राष्ट्रिय बिदा दिंदै आएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा देशभित्र एवम् देशबाहिर रहेका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले आफ्नो सन्देशमा यस पर्वले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच आपसी मेलमिलाप, सद्भाव एवम् भाइचाराको भावना जागृत गराई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

Related

समाज दर्पण 6759428460744590880

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item