माओबादी केन्द्रिय समिति बैठक सोमबार सम्मका लागि स्थगित



९ पुस,सिन्धुली दर्पण,काठमाडौँ
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदनमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले असहमति जनाएपछि सोमबार सम्मका लागि माओबादी केन्द्रिय समिति बैठक स्थगित भएकेा छ । पार्टी केन्द्रिय कार्यालय पेरिषडाँडा कोटेश्वरमा बसेको बैठकमा आगामी कार्यक्रमः विकसित संकट र समाधान शीर्षकको अध्यक्ष प्रचण्डको प्रतिबेदनमा बैद्यले असहमति जनाएपछि प्रतिबेदन अध्ययनका लागि भन्दै सोमबार सम्म बैठक स्थगित गरेकेा बताइएकेा छ । करिब डेढ महिनाअघि सुरु भएको केन्द्रीय समिति बैठक आज पनि वैद्यको असहमतिका कारण स्थगित भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डको प्रतिबेदनमा माओवादी अन्तरविरोधको सुरुवात र यी सवैको टुंगो महाधिवेशनले लगाउने विषय उल्लेख गरिएकेा छ । सोमबार बस्ने बैठकमा बैद्यले फरक प्रस्ताव प्रस्तुत गर्ने बैद्य निकट स्रेातले जनाएको छ । यसअघि केन्द्रीय कार्यालयमा दर्ता भएको शान्ति प्रकि्रया अन्तर्गत सेना समायोजन संविधान निर्माण कब्जा घरजग्गा फिर्ता लगायत १३ बुँदे फरक मतलाई सम्बोधन नगरे अध्यक्षकेा प्रस्ताव अस्वीकार गर्ने र अर्को प्रस्ताव ल्याउने बैद्य पक्षले जनाएकेा थियो ।

Related

स्थानिय 7966777907103890048

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item