सुपरसिक्स कि्रकेटको फाइनल आर्या इन्टरनेशनल र चाँद युवा क्लव भिड्ने


८ पुस,सिन्धुली दर्पण
एसएम युथ स्पोर्ट्स क्लवले हाम्रो 'विकेट लागुऔषध विरुद्ध' नाराका साथ जनकपुरमा आयोजना गरेको सुपर सिक्स कि्रकेट टुर्नामेन्टमा आर्या इन्टरनेशनल र चाँद युवा क्लव फाइनलमा पुगेका छन् । शुक्रवार जनकपुर चुरोट कारखानाको खेल मैदानमा आर्याले जय माँ लक्ष्मी युथ क्लवलाई ४८ रन र चाँदले रोनिस युवा क्लवलाई १० रनले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।टस जितेर व्याटिङ रोजेको आर्याले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ७७ जोडे । ७८ रनको लक्ष्य बोकेर मैदानमा उत्रेको जय माँ लक्ष्मी युथ क्लवको २९ मै ओभर समाप्त भयो । १० बलमा ३५ रन जोड्न सफल आर्याका अनिल मण्डल प्लेयर अफ द म्याच भए । सेमिफाइनलमा टस जितेर व्याटिङ रोजेको चाँदले ५ ओभरमा ५ विकेट गुमाएर ६६ रन जोडेको थियो । ६७ रनको लक्ष्य लिएर मैदानमा ओर्लेका रोनिस युवा क्लवको ५६ रनमै ओभर समाप्त भएको थियो । जितसँगै चाँद पनि फाइनलमा पुगेको छ । यसअघि आज भएको अन्तिम क्वार्टर फाइनलमा जय माँ लक्ष्मीले जय माँ भगवती युवा क्लवलाई ७ रनले हराएको थियो ।
,जनकपुर

Related

खेलकुद 2349842357204682364

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item