संसदमा क्षमा नमाग्ने सभासद् सन्जयकुमार साहको अडान

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_3666.html

८ पुस, काठमाडौं । संसदमा बोल्न नदिएको भन्दै माइक भाँचेको कारण १० दिने निलम्बनमा परेको फोरम लोकतान्त्रिकका सभासद सञ्जय साहले माइक भाँच्नु आफ्नो बाध्यता भएको भन्दै क्षमा नमाग्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सभासद साहले विगत एक वर्षदेखि संसदमा जनताका आवाज बोल्न दिनबाट बञ्चित गर्नु सभामुखको सामान्ती सोच भएको आरोप लगाउनु भयो । संसदमा मन्त्री कुटिनु, बजेट लुटिनु र विगतमा माइक भाँचिदा केही नबोल्ने सभामुखले आहिले आफ्नो आक्रोसमा कारवाही गरेर ठूलालाई काख राखेर सानालाई पाखाँ लगाउने ब्यवहार गरेको दावी गरे । उनले भने-’ठूला दललाई बोल्न दिने, म सानो, मधेसी भएको भनेर हेप्ने । सभामुख अभिभावक हो । उसले पनि विभेद गर्ने ।’
भाँचिएको माइकको क्षतिपूर्तिबारे उनले भने-’मैले काम नभएको संसदमा भएको भत्ता दुई वर्ष देखि लिएको छैन, त्यसैबाट कटाए हुन्छ । बाँकी पैसा सभामुखले लिए पनि हुन्छ ।’ संसद बैठक अघि सभामुखलाई भेटेर आफूलाई बोल्न दिन आग्रह गरेको र संसदमा समेत हात उठाएर समय माग्दा नदिएको उनको आरोप छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !