कालिकोटमा मारिएका दलितलाई सहिद घोषणा नगरे दलित सभासदहरुले संसद चल्न नदिने

८ पुस, काठमाडौं । प्रमुख दलका दलित सभासदहरुले कालिकोटमा चुलो छोएकै कारण हत्या गरिएका मानवीर सुनारलाई सहिद घोषणा नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले सुनुवार हत्या काण्डका दोषिलाई कारवाही, राष्ट्रिय सहिद घोषणा, १० लाख रुपैया क्षतीपूर्ति, परिवारको भरण पोषण र शिक्षाको ब्यवस्था नगरेसम्म संसद चल्न नदिने र देशब्यापी सडक आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले बिहीबार संसद अवरुद्ध पारेका थिए ।

एमाले सभासद छविलाल विश्वकर्माले आफूहरुले उठाएको माग पुरा नभए संसद चल्न नदिने स्प्ष्ट पार्नुभयो । पुस १ गते नै सभामुखले दलित हत्याको विषयमा सरकारको धारणाका लागि रुलिङ गरे पनि सरकारले बेवास्ता गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उहाँको भनाई छ ।

माओवादी सभासद पद्मलाल विश्वकर्माले दलित हत्याको विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले जानकारी दिनु पर्ने माग गर्नुभयो । कांग्रेस सभासद लक्ष्मी परियारले हत्याका आरोपीलाई सजाय गरी पिडित परिवारलाई क्षतीपूर्ति र मृतकलाई सहिद घोषणा नगेर आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

कालिकोटको जुविधा ४ को एक होटलमा चुरोट सल्काउने क्रममा चुलो छोएको भन्दै स्थानीय मिनबहादुर शाही र दिपक शाहीले सुनारको कुटेर हत्या गरेका थिए ।

Related

स्थानिय 261128581140765628

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item