दिउँसो न्यानो घाम लागेपछि तराईको जनजीवन सामान्य रौतहटमा चिसोबाट मर्नेको सङ्ख्या १२ पुग्यो


८ पुस, सिन्धुली दर्पण
लगातारको शितलहरका कारण बढ्दै गएको जाडोका कारण कष्टकर बनेको तराईको जनजीवन आज दिउँसो न्यानो घाम लागेपछि केही समय सामान्य बनेको छ । बिहान चिसो हुस्सु लागे तापनि दिउँसोबाट पारिलो घाम लागेपछि सर्लाही लगायत आसपासका क्षेत्रकॊ जनजीवन सामान्य बनेको हो । दुई दिनदेखि दिउँसो दिउँसो हल्का घाम लाग्ने गरेपछि तराईबासीले केही राहत महसुस गर्न पाएका छन् । घाम लागेपछि सडक बजारमा मानिसहरुको चहलपहल बढेको छ ।

उता अत्याधिक चिसोका कारण रौतहटमा आज थप तीन जनाको मृत्यु भएको छ । यसरी यस वर्ष चिसोका कारण जान गुमाउनेहरुको सङख्या रौतहटमा अहिलेसम्मा १२ पुगेको छ । गाविस पतौरा वडा न ३ मौलापुर टोल निवासी ६१ बर्षिया रामदयाल साह कनकपुर ६ बस्ने बर्ष ५५ को शेख ताहिर अंसारी र बरियारपुर १ कि ५५ बर्षिया सक्कली देवी ठाकुरको आज मृत्यु भएको प्रहरीले जनाएको छ । करिब तीन सातादेखि चलिरहेको शितलहर र अत्याधिक चिसोमा ज्यान गुमाउनेहरुको सङ्ख्या १२ पुगे पनि कुनै किसिमको राहत कार्य जिल्लामा हुन सकेको छैन ।

त्यस्तै अत्याधिक चिसोका कारण महोत्तरीमा थप तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रीपुर १ कठुवार का ७० वर्षका सिताई राम र ६० वर्षका हिरदो फकिर र महोत्तरी माइस्थान १ का ६० वर्षिय दिलबहादुर पुर्वछाने रहेका छन् । यसैगरी महोत्तरीमा जाडोले कठ्याङगि्रएर मर्नेको सङ्ख्या २४ पुगेको छ । तराईमा लगातार दुई सातादेखि बढेको चिसो र हुस्सुले जनजीवन थप कष्टकर बन्दै गएको छ ।

Related

समाज दर्पण 6652096448698068794

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item