लुटेरा समूहद्धारा राजधानीको कपनमा सुनचाँदी व्यवसायीको हत्या

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2990.html
८ पुस, काठमाडौं । लुटेरा समूहले राजधानीको कपनमा सुनचाँदी व्यवसायीको हत्या गरेको छ । लुटपाट गर्न आएका हतियारधारी समूहले मातामनकामना सुनचाँदी पसलका सञ्चालक हर्कबहादुर दियालीको गोली हानी हत्या गरेको हो ।
लुटेराहरुको समूहले चलाएको गोली लागी गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुटेरा समूहले चलाएको गोली लागि रोशन दियाली घाइते भएका छन् । उनको ओम अस्पतालमा उपचार भइरहेको डिएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
लुटेराहरु सुन पसलको बर्कसपमा गएर लुटपाट गर्न खोजेपछि प्रतिकार गर्दा गोली चलाएको बताइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिई छानविन थालिएको ज्ञवालीले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !