माओवादीका कारण मुलुक संकटमा जाने खतराः एमाले

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_3388.html

८ पुस, काठमाडौं । नेकपा एमालेले माओवादीकै कारण शान्ति र सविधान निष्कर्षमा नपुग्ने अबस्था सिर्जना भएको ठहर गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी समितिको बैठकले नौबुँदे प्रस्ताब पारित गर्दै भएका सहमतिमा पनि माओवादी भित्रैबाट बिरोध हुने र काम प्रभाबित हुने क्रम बढेकोले जेठ १४ मा सविधान नबन्ने र देश ठूलो संकटमा जाने अबस्था आएको निष्कर्ष निकालेको हो । माओवादीले ‘हिड्दैछ पाईला मेट्दैछ’ भन्ने उखान चरितार्थ गरेको एमालेको ठहर छ ।
एमालेले शान्ति र सविधानको काम पुरा गर्न सहमतीको सरकार अनिवार्य भन्दै त्यसको लागि तत्काल राजिनामा दिएर बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । ‘राष्ट्रिय सहमतीको सरकार बनाउने बाटो खोल्नुको साटो यहि सरकारलाई सहमतीको सरकारमा परिणत गर्ने अर्थहीन र असम्भब कुरा लडान लिईएको छ’ एमालेले भनेको छ ।
एमालेले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुले भट्टराई सरकारको कूटनीतिक असफलता भएको प्रमाणित भएको समेत ठहर गरेको छ । त्यस्तै मधेसीलाई सेनामा प्रबेश गराउने निर्णय सरकार टिकाउनका लागि मात्रै गरिएको भन्दै एमालेले त्यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !