सर्लाही महोत्सवको तयारी तीव्र,चन्द्र निगाहापुर महोत्सव भोली सकिँदै


८ पुस,सुरेश बिडारी,लालबन्दी,सर्लाही
सर्लाहीको इश्वरपुर बयलबासमा आज सर्लाही महोत्सव २०६८ को तयारीका बारेमा छलफल भएको छ । छलफलमा उद्योग वाणिज्य संघ वयलबासका अध्यक्ष अमिरीलाल साह र महोत्सव आयोजक समितिका संयोजक स्याम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

व्यपारी व्यवसायी साथीहरसँगको छलफल सकारात्मक रहेको महोत्सवका संयोजक स्याम श्रेष्ठले बताउनुभयो । 'अतिथीको सत्कार गोलभेँडाको अचार' भन्ने मुल नाराका साथ माघ १ गतेदेखि ५ गतेसम्म लालबन्दीमा साचालन हुने महोत्सवको तयारी तिब्र रुपमा भैरहेको छ ।

उता चन्द्रनिगाहपुरमा जारी औद्योगिक मेला तथा चन्द्रनिगाहपुर महोत्सव भोलि समापन हुदै छ । मङ्सिर २६ गतेबाट पुस ७ गतेसम्म आयोजना गरिने भनिए पनि दुईदिन समय थप गरिएको हो । शिक्षा र व्यवसाय विकासका लागि भन्ने मूल नाराका साथ चन्द्रनिगाहपुरमा पहिलो पटक साचालित महोत्सवमा १५० भन्दा बढी स्टल रहेका छन् ।

यसैबीच महोत्सव स्थलमा आज स्थानीय युवा जागारण क्लबले रक्तदान कार्यक्रमको आयोजान गरेको छ । नेपाल रेडक्रस सोसाइटी र क्लवको संयुक्त आयोजनमा रक्तदान कार्यक्रम गरिएको क्लवका सचिव भरत आचार्यले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा २०५ जनाले रक्तदान गरेका थिए ।

Related

विविध 3214447310807779473

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item