माओवादी गम्भीर र इमान्दार भएर अघि नबढे शान्ति र संविधान धरापमा पर्ने -एमाले वरिष्ठ नेता नेपाल



९ पुस,सिन्धुली दर्पण,काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको दोहोरो चरित्रका समयसीमाभित्रै शान्ति र संविधान लेखन प्रक्रिया निष्कर्षमा पुग्नेमा आशंका बढेको बताउनुभएको छ ।

पार्टीको पम्पर्क विशेष समन्वय कमिटिले बख्लुस्थित मुख्यालमा आज गरेको कार्यक्रममा बोल्दै नेता नेपालले माओवादी गम्भीर र इमान्दार भएर अघि नबढे शान्ति र संविधान धरापमा पर्ने जिकिर गर्नुभयो । विवाद समाधान उपसमितिमा सहमति जुटेका विषयमा माओवादीभित्रैबाट विरोध हुनुले संविधान लेखनको काम अगाडि बढ्न नसक्ने देखिएको नेपालको भनाइ छ ।

माओवादीलाई आफ्नो आन्तरिक विवादलाई कारण देखाएर शान्ति र संविधानको काममा ढिलाई नगर्न नेता नेपालको सुझाव छ । लडाकु वर्गीकरणको काम सकिएको एक महिना हुँदासमेत माओवादीकै कारण समायोजन र पुनस्र्थापनाको काम अगाडि बढ्न नसकेको आरोप नेपालले लगाउनुभयो । सेना समायोजन विशेष समिति संयोजकसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले विशेष समितिको बैठक नडाकेर लिङ्गरिङ गरेकाले काम अघि बढ्न नसकेको नेता नेपालको जिकिर छ ।

Related

स्थानिय 2268651422080947785

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item