जिप दुर्घटना हुदाँ सभाषद सहित चार घाइते

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_24.html
९ पुस, हिरालाल अधिकारी दनुवार,कटारी उदयपुर - सविधान सभाका सभाषद सहित एमाले नेता चढेको जिप आज बिहान उदयपुरको रौता गाविस - ९ स्थित कोल्वोटेमा दुर्घटना हुदाँ ४ जना गम्भिर घाईते भएका छन ।
जिल्लाको मुर्कुची बजारबाट भुट्टार तर्फ यात्रुबोकी जादै गरेको को। १ च १३२० नम्वरको बोलेरो जिप बिहान ९ बजे दुर्घटना हुदाँ सभाषद दुर्गा परियार एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा पुर्व सांसद बिष्णु बहादुर राउत स्थानीय साचारकर्मी शंकर रिखाम सहित ४ गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र उप्रेतीले वताए । दुर्घटनामा परि अन्य आधा दर्जन सर्बसाधारण सामान्य घाईते भएको प्रहरी नायाव उपरिक्षक उप्रेतीले वताए ।
घाईतेको उद्धारका लागि सदरमुकाम गाईघाटबाट एम्बुलेन्स पठाईएको प्रहरी नायव उपरिक्षक उप्रेतीले वताए । क्षमता भन्दा बढि यात्रु भएका कारण उकालोमा जिपले तान्न नसेपछि पछाडि सर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटना स्थल सदरमुकामबाट ३५ किलोमिटर उत्तर बिकट क्षेत्र रहेकोले थप विवरण आउन बाँकी रहेको छ । घाइतेलाई उद्धार गर्न शुकौरा प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगेकेा उप्रेतीले वताउनुभयो ।
सभाषद परिया सहतिको टोली एमाले भुट्टार गाउँ परिषदलाई संबोधन गर्न सदरमुकाम गाईघाटबाट आज बिहान गएका हुन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !