मेलमिलाप र सहमति अहिलेको प्रमुख आवश्यकता - कोईराला

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9553.html

९ पुस,उमा पौडेल सिन्धुली
नेपाली कांग्रेसका सभापति शुसिल कोईरालाले सबै दलहरुले मेलमिलाप र हातेमालो गरी सहमतिमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नेपाल शिक्षक संघको मध्यमान्चल क्षेत्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै कोईरालाले बिपीको सिद्धान्त पनि यहि भएको औल्याउनुभयो ।
कोइरालाले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि एकीकृत नेकपा माओवादी हतियार बुझाउन तयार नभएको बताउनुभयो । कार्यक्रममा बोल्दै कोईरालाले शान्ति प्रकि्रया छिटै टुंग्याएर जनतालाई नयाँ संबिधान दिनु सरकारको प्रमुख दायीत्व भएतापनि त्यसका निम्ति अहिलेको सरकार कटिबद्ध नभएको आरोप लगाउनुभयो ।
हिमाल पहाड र तराईका जनतालाई एकै ठाँउमा कसरी समायोजन गर्न सकिन्छ त्यस तर्फ लाग्नु जरुरी भएको उहाँको ठम्याई छ । नेपाल शिक्षक संघका क्षेत्रिय संयोजक राजेश पाण्डेको अध्यक्षतामा भेला भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !