विवाद समाधान उपसमितिको बैठकमा आज पनि सहमति भएन

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_8617.html

९ पुस,सिन्धुली दर्पण,काठमाडौँ
संबैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको आजको बैठक पनि विना निष्कर्ष सकिएको छ । संविधानमा असंसोधनिय धारा र प्रस्तावनाका बारेमा छलफल भए पनि कुरा मिल्न नसकेको माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार संविधानको प्रस्तावनामा जनयुद्ध राख्ने या नराख्ने भन्ने बारेमा पनि सहमति जुट्न सकेको छैन । उहाँले संविधानको प्रस्तावनाबाट जनयुद्ध हटाउने बारेमा आफूहरु सहमत हुन नसक्ने बताउनुभयो । यसअघि देव गुरुङ अनुपस्थित एउटा बैठकमा उपसमितिका संयोजक एवम माओवादी अध्यक्ष प्रचण्ड संविधानको प्रस्तावनामा जनयुद्धको सट्टा ससस्त्र संघर्ष राख्न सहमत हुनुभएको थियो । बैठकपछि पत्रकारसंग नेता गुरुङले अहिलेसम्म माओवादी लचिलो भएकै कारण सहमति जुटेकाले अब काङ्ग्रेस र एमाले पनि लचिलो बन्नुपर्ने बताउनुभयो । उहाँले माओवादीलाई आत्मसमपर्ण गराएर संविधान लेख्न नसकिने उल्लेख गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !