जेठ १४ गतेभित्र नयाँ संविधान बन्ने र शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्ने प्रधानमन्त्री डा बाबुराम भट्टराईको दाबी

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_7780.html

पोखरा, पुस १३ - प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी जेठ १४ गतेभित्र नयाँ संविधान बन्ने र शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्ने दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित पोखरा पत्रकारिता पुरस्कार वितरण गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार बनेपछि तीन वर्षदेखि अवरुद्ध शान्ति र संविधानको प्रक्रिया अघि बढेको बताए ।
उनले भने–‘यो प्रक्रिया केही समयअघि सुस्ताएको हो कि जस्तो... भान परे पनि अहिले अघि बढिरहेको छ । प्रमुख राजनीतिक दलबीचमा गम्भीर ढङ्गले संवाद चलेको छ, एकदुई दिनभित्र संविधान निर्माण र शान्ति प्रक्रियाका बाँकी कुरा टुङ्गिने छ ।’
सरकारले सुशासन र आर्थिक समृद्धिका काम उच्च प्राथमिकतामा राखेको बताउँदै उनले केही दिनभित्र सुशासन र आर्थिक समृद्धिको कार्ययोजना ल्याइने जानकारी दिए ।
प्रधानमन्त्री डा भट्टराईले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको र पत्रकारिताको प्रवद्र्धन र श्रमजीवी पत्रकारको हकहितमा लागेको समेत बताए ।
महासङ्घका अध्यक्ष बद्रीविनोद प्रतीकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य रुद्र भट्ट, उपाध्यक्ष राजबहादुर गुरुङलगायतले बोलेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !